स्ववियु निर्वाचन- स्याङ्जाको सिद्धार्थ क्याम्पसबाट अनेरास्ववियुको विजयी शुरुआत – Nepal Press

स्ववियु निर्वाचन- स्याङ्जाको सिद्धार्थ क्याम्पसबाट अनेरास्ववियुको विजयी शुरुआत

पोखरा । स्याङ्जाको सिद्धार्थ बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापतिमा अनेरास्ववियुका सन्जोग थापा निर्वाचित भएका छन् ।

आइतबार भएको स्ववियु निर्वाचनमा नेविसंघका विजय अधिकारीलाई ११ मतले पराजित गर्दै अनेरास्ववियुका थापा सभापतिमा निर्वाचित भएका हुन् । अनेरास्ववियुको थापाले ५१ र नेविसंघका अधिकारीले ४० मत प्राप्त गरे ।

स्ववियुको सभापतिसहित प्रत्यक्षतर्फ अनुरास्ववियु प्यानल निर्वाचित भएको हो । सचिवमा कुसुम ढकाल, सदस्यहरूमा अमिशा सुनार र कविता गुरुङ निर्वाचित भएका हुन् ।

यसअघि अनेरास्ववियुबाट कोषाध्यक्षमा रेश्मी नेपाली निर्वाचित भइसकेकी छन् ।

समानुपातिकतर्फ भने मतगणना भइरहेको क्याम्पस निर्वाचन समितिले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर