स्ववियु चुनाव : पद्मकन्या क्याम्पसमा यसरी भइरहेको छ मतदान (८ तस्बिर) – Nepal Press

स्ववियु चुनाव : पद्मकन्या क्याम्पसमा यसरी भइरहेको छ मतदान (८ तस्बिर)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका देशभरिका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मतदान अहिले जारी छ। बिहान ८ बजेदेखि सुरु भएको मतदान ४ बजेसम्म हुन्छ ।

यसैक्रममा महिलाले मात्र पढ्ने काठमाडौंस्थित बागबजारस्थित पद्मकन्या क्याम्पसमा पनि उल्लासपूर्व रूपमा मतदान जारी छ । यहाँ सत्ता गठबन्धन निकट विद्यार्थी संगठनबीच चुनावी तालमेल भएको छ ।

सत्ता गठबन्धन तर्फको तर्फबाट साझा उम्मेदवारको रुपमा नेपाल विद्यार्थी संघबाट अध्यक्षमा ज्योति पनेरु सभापतिको उम्मेदवार छिन्। पनेरूलाई अनेरास्ववियु क्रान्तिकारी तथा एकीकृत समाजवादी निकट अनेरास्ववियुको समेत समर्थन रहेको छ।

यस्तै, एमाले निकट अनेरास्ववियुबाट सुनैना श्रेष्ठ प्रतिस्पर्धामा छिन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर