‘पुरानो एमालेको भूत जाग्यो, कुरा सुन्ने मामिलामा ओलीभन्दा प्रचण्ड डेमोक्य्राट’ – Nepal Press
नेपाल टक

‘पुरानो एमालेको भूत जाग्यो, कुरा सुन्ने मामिलामा ओलीभन्दा प्रचण्ड डेमोक्य्राट’

मणि थापाको बटमलाइन–एमाले छाडेर प्रचण्डतिर फर्किन्नौँ, प्रचण्डलाई आतंककारी भन्दा हुन्छ तर माओवादी आतंककारी भन्न पाइँदैन

कैलाली । अरुण तरेर नाना तमोर तरेर

आयौँ हामी वीरताको गाथा कोरेर

माओवादी जनयुद्धकोमा उत्कर्षका बेला पूर्वी नेपालमा सुनिने यो गीत पछि रेकर्ड भएर म्युजिक भिडिओ पनि बन्यो । प्रदीप देवानको टिमले गाएको यो गीतका सर्जक भने मणि थापा थिए । तीनै मणि थापा अहिले माओवादी होइन एमालेको नेतृत्वमा छन् । उनी प्रचण्डलाई छाडेर केपी ओलीतिर लागेपछि केही समय मन्त्री पनि भए ।

तत्कालीन नेकपा विभाजन भएर माओवादी र एमाले पूर्ववत् अवस्थामा फर्किदा माओवादी धारबाट एमालेमा जोडिन पुगेका मध्येका एक नेता हुन् मणि थापा । उनी अहिले एमाले स्थायी कमिटी सदस्य छन् । साहित्य,सृजनामा रुचि राख्ने थापा गीत लेखनीमा पनि उत्तिकै दक्खल राख्छन् ।

अहिले विभिन्न कम्युनिस्ट पार्टीमा रहेका थापाका समकक्षी गायक र सङ्गीतकारहरू सङ्गीतको माध्यमबाट नेपालमा बाम घटकहरूको मोर्चाबन्दीमा लागेका छन् । उनीहरूलाई सङ्गीतको माध्यमबाट बामपन्थीहरुलाई एक ठाउँमा ल्याउन सकिन्छ भन्ने विश्वास छ ।

राजनैतिक मुद्दामा पनि एक ठाउँमा आउन नसकेका नेपालका कम्युनिस्टहरू के जनवादी गायकहरूको दबाबले आउलान् त ? के फेरि बाम घटकहरूको मोर्चाबन्दी र एकता सम्भव छ ? एमालेसहित समाजवादी केन्द्र तयार होला ? यी र यस्तै विषयमा एमाले स्थायी कमिटी सदस्य थापासँग कुराकानी गरिएको छ ।

माओवादीबाट एमाले भएका थापा अहिले किन एमालेभित्र पनि ओझेलमा परेका छन् त ? प्रस्तुत छ नेपाल प्रेसको नेपाल टकमा थापासँग गरिएको कुराकानी ।

हामीले पार्टी छोड्न लागेको भनेको होइन । तर, पार्टीभित्र लोकतन्त्र छैन । कुनै पनि पार्टीभित्र लोकतन्त्र छैन । त्यो लोकतन्त्र हामी यताबाट उत्पन्न गर्न लागिरहेका छौँ । जनताको माध्यमबाट तपाइहरू सुधार हुनुहोस् भन्ने हाम्रो उद्देश्य हो ।

अहिले सबै पार्टीका गायकहरू मिलेर सङ्गीत यात्रा सुरु गर्नु भएको छ । यसको उद्देश्य के हो ?

नेपालको हरेक परिवर्तनमा जनवादी कलाकारहरूको ठुलो भूमिका छ । जनवादी कलाकारहरूलाई राष्ट्रपति अफर गर्दा पनि फरक पर्दैन । त्यो लेबलका केही हुनुहुन्छ । अहिले सरकारमा गइसकेपछि रेडियो नेपाल सरकारी टेलिभिजनमा हाम्रो कुनै अर्थ छैन। त्यहाँ हाम्रा गीत बज्दैनन् ।

हामीले जुन परिवर्तन गर्‍यौँ, त्यो परिवर्तनबाट हामी कलाकारहरू सन्तुष्ट छैनौँ । म एमालेको स्थायी समितिमा छु । म पनि सन्तुष्ट छैन । माओवादीका कलाकार सन्तुष्ट छैन । हामी सन्तुष्ट छैनौँ ।

यसको मतलब हामीले पार्टी छोड्न लागेको भनेको होइन । तर, पार्टीभित्र लोकतन्त्र छैन । कुनै पनि पार्टीभित्र लोकतन्त्र छैन । त्यो लोकतन्त्र हामी यताबाट उत्पन्न गर्न लागिरहेका छौँ । जनताको माध्यमबाट तपाइहरू सुधार हुनुहोस् भन्ने हाम्रो उद्देश्य हो ।

तपाइ आफै पार्टीको स्थायी कमिटी सदस्य हुनुहुन्छ । नेताहरूलाई सोझै भन्न नसक्ने भएर यस्तो अभियानको सुरुवात गर्नुभएको हो ?

कुरा त्यही हो । हामीले पहिले पनि नेकपा एक ठाउँमा हुनुपर्छ भन्ने गरेका थियौँ । घनश्याम भुसालजी र मैले यस विषयमा कुरा राखिरहेका थियौँ । तर, हामीले नेकपा एक ठाउँमा ल्याउन सकेनौँ ।

पछि फेरि मिलेर जाऊँ भनियो । त्यहाँ पनि हामी मिल्न सकेनौँ । एमालेको महाधिवेशन भयो । त्यहाँ सत्य भन्नुहुन्छ भने,बिचारको बहस शून्य जस्तै भयो । शक्ति सन्तुलन र समीकरणकै कुरा, जसरी पनि सत्तामा जाने भन्ने मात्रै भयो । कम्युनिस्ट पार्टी त्यस्तो हो र ?

त्यस कारणले हामीले त्यो बदल्न सृजनात्मक काम गरेका हौँ । यो भन्डाफोर होइन । हामी स्वतन्त्र हुन चाहन्नौँ । हामी पार्टीप्रति प्रतिबद्ध नै हौँ । तर, त्यसलाई हामी रचनात्मक रूपले अघि बढाउन खोजिरहेका छौँ । बाहिर तपाइ सुन्नुहोस् न कोही खुसी छैनन् ।

म माओवादीबाट आएको । मैले बहुदलीय जनवाद सिद्धान्त हुँदैन भनेर महाधिवेशन पनि भनेको थिएँ । म त प्रचण्ड र मोहन विक्रम पनि भोगेको मान्छे हो नि । यता एमालेमा आइसकेपछि यहाँ दुखका साथ भन्नुपर्छ विचार करिब अन्त्य भइसकेको छ। माओवादीको कुरा गर्नुहुन्छ भने तल विचार छ माथि छैन ।

अहिले तपाइहरू कुन– कुन पार्टीका नेता कार्यकर्ताहरू यो अभियानमा हुनुहुन्छ ?

यो अभियानमा एमालेदेखि विप्लव सम्म हुनुहुन्छ । मोटो मसाल, पातलो समाल सबै हुनुहुन्छ ।

यी सबैले आफ्नो पार्टीभित्रै कुरा राखेर नेतृत्वलाई जनताप्रति उत्तरदायी बनाउन किन नसक्नु भएको त ?

कलाकारबाट नेता हुनेहरूलाई यी भावनावादी हुन्छन् भन्छन् । एमालेको कुरा गर्दा प्रदीप नेपाल कहाँ हुनुहुन्छ ? सृजनासहित पार्टीमा लागेकाहरू अरू धेरै कहाँ छन् ? यो समस्या अन्य पार्टीमा पनि छ ।

हामी ७७ वटै जिल्लामा जान चाहन्छौँ । यति हुँदा पार्टीले हामीलाई के गर्ला भन्ने हामीले सोचेका छैनौँ ।

तपाइ प्रदीप नेपाल कहाँ हुनुहुन्छ भनेर प्रश्न गर्नुहुन्छ, केहीले त मणि थापा हराउनु भयो पनि भन्छन् नि । तपाइ अहिले एमालेभित्र किन ओझेलमा पर्नुभयो ?

म माओवादीबाट आएको । मैले बहुदलीय जनवाद सिद्धान्त हुँदैन भनेर महाधिवेशन पनि भनेको थिएँ । म त प्रचण्ड र मोहन विक्रम पनि भोगेको मान्छे हो नि । यता एमालेमा आइसकेपछि यहाँ दुखका साथ भन्नुपर्छ विचार करिब अन्त्य भइसकेको छ। माओवादीको कुरा गर्नुहुन्छ भने तल विचार छ माथि छैन ।

एमालेमा कार्यकर्ता राम्रो छ लिडरसिप छैन । एउटा पार्टीमा मात्र होइन हरेक पार्टीमा विचारको अन्त्य भइरहेको छ । यो विचारको अन्त्यले दोस्रो पुस्तालाई ध्वस्त पार्‍यो । अब हामीले रवि लामिछानेसँग सङ्घर्ष गर्नु पर्‍यो नि । अब ज्ञानेन्द्र शाहीसँग सङ्घर्ष गर्नु पर्‍यो नि ।

क्रेज शङ्कर पोख्रेलको पनि सकियो । हारे नि त ! घनश्याम भुसालको सकियो । योगेश भट्टराईको चुन क्रेज थियो मन्त्री हुनुभन्दा पहिले मन्त्री भएर सकियो । मणि थापाको थियो । माओवादीबाट एमाले गएपछि यता हामीलाई ड्यामेज गरिरहेका छन् ।

केपी ओलीको क्रेज सकिएको भन्न खोज्नु भएको हो ?

यी सबैको सकियो । मेरो आफ्नो विश्लेषण यी सबैको क्रेज सकियो ।

क–कसको सकियो ?

पहिलो पुस्ता सबैको सकियो ।

जस्तै ?

केपी ओलीको, माधव नेपालको, प्रचण्डको सकियो । त्यो भन्दा दोस्रो तहकाको पनि सकियो । हामी दोस्रो र तेस्रोमा पर्छौ । एक डेढ वर्षमा हामीले नयाँ अभियान गर्न नसके हाम्रो पनि सकिन्छ ।

क्रेज शङ्कर पोख्रेलको पनि सकियो । हारे नि त ! घनश्याम भुसालको सकियो । योगेश भट्टराईको चुन क्रेज थियो मन्त्री हुनुभन्दा पहिले मन्त्री भएर सकियो । मणि थापाको थियो । माओवादीबाट एमाले गएपछि यता हामीलाई ड्यामेज गरिरहेका छन् ।

कतै माओवादी छोडेकोमा पछुतो त छैन ?

होइन, होइन त्यो छैन । माओवादी छाडेको पछुतो मलाई छैन । तर, हामी नयाँ एमाले बनाउन गएको हो । मैले स्थायी समितिमा भनेको छु,पुरानो एमालेको भूत जाग्यो ।

माओवादी छाडेको पछुतो मलाई छैन । तर, हामी नयाँ एमाले बनाउन गएको हो । मैले स्थायी समितिमा भनेको छु,पुरानो एमालेको भूत जाग्यो ।

नेकपाको दस्ताबेजमा माओवादी जनयुद्धले गणतन्त्र ल्याउन मुख्य भूमिका खेलेको छ भन्ने छ । यहाँ प्रचण्ड र ओली कमरेडको जुँगाको लडाइले गर्दा नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त भएको छ ।

यता हामी एमालेमा आएपछि माधव नेपालसँग सम्झौता गर्न नसक्ने, १० भाइसँग गर्न नसक्ने हामी त ५ भाइ गएका थियौँ । यसलाई एक बनाएर लिएर गएको भए अहिले एमालेको बहुमत आउने थियो । तर, १० भाइ पनि ठोक्दिने! यता माओवादीबाट आएका पनि ठोक्दिने !

माओवादीबाट आएका मध्ये तपाइ मात्रै यस्तो गुनासो गर्नुहुन्छ । अरू सबै त सन्तुष्टै देख्छु त ।

होइन सबैको गुनासो छ ।

उहाँहरू त केहि बोल्नुहुँदैन त ?

अहिले सम्म बाहिर ल्याउने गुनासो होइन। मिलेर जाऊ है भन्ने हो । त्यो एमालेलाई सुनौलो अवसर थियो । अहिले माधव नेपाललाई राष्ट्रपतिको अफर गर्नु पर्ने बेला भएपछि त हिजै अफर गर्नुपर्दैन ? ठुलो पार्टी त एमाले हो नि । माधव नेपाल र प्रचण्डको पनि नेता त एक पटक ओली कमरेड हुनुभएकै हो नि ।

साथीहरू आउनुहोस् भनेर प्रचण्डलाई तिमी प्रधानमन्त्री बन आधा खाऊ, माधव नेपाललाई राष्ट्रपति दिऊँ र अर्को चरणमा म खान्छु । यहाँ नरम भइदिएको भए सबै मिलिहाल्ने थियो । हामीले भनेको त्यो हो ।

केपी ओलीलाई तपाइले यस्तो सुझाव किन दिनु भएन त ?

दिएको हो । मैले वामपन्थीको एकता गरौँ भन्दा, ‘मणि जी कहाँ छन् वामपन्थी देख्नुभएको छ ? त्यो कांग्रेसको पछि लाग्ने वामपन्थी हो? ’ भन्नुभयो ।

किरण, प्रचण्ड र ओली तीनै जनासँग रहनु भएको तपाई । भन्नुहोस् त, अहिले मुलुकलाई अघि बढाउन सक्ने क्षमता भएको नेता को हो ?

मैले अहिले नयाँ मान्छे खोजेको छु । हाम्रो पुस्ताले अब नयाँ जन्माउनु पर्‍यो ।

आगामी पाँच वर्षसम्म पनि नेपालको कम्युनिस्टहरू यसै गरी गए भने यो पश्चिम बङ्गाल हुन्छ । अहिले कम्युनिस्टहरू घेरामा परेका छन् । कोही कांग्रेससँग जानु पर्ने, हामीले राप्रपा पनि बोकेकै हौँ ।

एमालेमा त तत्काल नयाँ नेतृत्व भन्ने त सम्भव छैन नि ?

सङ्घर्षले सम्भव बनाउँछ ।

तपाइले बाम एकताको कुरा गर्नुहुन्छ । के सबै कम्युनिस्टहरू एक ठाउँमा आउने अझै सम्भावना छ र ?

अझै छ । तर, यो लिडरसिपबाट छैन ।

त्यसको लागि के गर्नुपर्छ त ?

त्यसको लागि नयाँ जेनेरेसनले पहल गर्नुपर्छ । त्यसको लागि हरेक पार्टीबाट विद्रोह गर्न सक्ने हुनुपर्छ ।

त्यो सम्भव छ ? एमालेमा ओलीसँग विद्रोह गर्न सक्ने माओवादीमा प्रचण्डसँग विद्रोह गर्न सक्ने नेताहरू देख्नु भएको छ ?

माओवादीमा प्रचण्डकोविरुद्ध विद्रोह गर्न सक्ने सम्भावना छ। ओलीको पनि हिजो माधव नेपालले गर्नुभयो नि । घनश्याम भुसालले गर्नुभयो नि । सानो झिल्को होस् त्यो विद्रोह हो ।

अब त त्यो सम्भव छैन नि ?

हो अहिले त्यो सम्भव छैन । अब पाँच वर्षपछि हेर्नुहोस् । आगामी पाँच वर्षसम्म पनि नेपालको कम्युनिस्टहरू यसै गरी गए भने यो पश्चिम बङ्गाल हुन्छ । अहिले कम्युनिस्टहरू घेरामा परेका छन् । कोही कांग्रेससँग जानु पर्ने, हामीले राप्रपा पनि बोकेकै हौँ ।

यस्तो घेराबन्दी बाह्य शक्तिबाट भइरहेको छ कि आन्तरिक शक्तिबाट ?

शक्ति त आन्तरिक नै हो । तर, बाह्य शक्ति पनि छ । प्रचण्ड र ओलीलाई मिल्न नदिने बाह्य शक्ति बलियो छ । उहाँहरू त्यसको साधन हुनु भएको छ ।

मिलाउने शक्ति पनि होला नि बाह्य ?

त्यो लेभलको मिलाउन सक्ने शक्ति छैन । त्यो चीन हो । चीनको त्यो लेभलको पहुँच कम्युनिस्ट पार्टीभित्र छैन ।

हामी यहाँ प्रतिस्पर्धा नै गर्न सक्दैनौँ नि । हामी त एमालेमा १० प्रतिशत मात्रै आएका हौँ । एकदमै सङ्कटको बेलामा हामीले उहाँलाई बहुमत दिएका हौँ । नत्र उहाँ अल्पमतमा पर्नुभएको थियो । ओली कमरेड केही राष्ट्रवादी हो भनेर पनि हामी लागेका हौँ ।

पार्टीभित्र दुई धार सङ्घर्ष छैन। कम्युनिस्ट पार्टीमा यस्तो धार आवश्यक हुन्छ । अहिले यस्तो संरचना बनेको छ । त्यो संरचनामा कि तपाइले विद्रोह गर्नुपर्छ कि पलायन हुनुपर्छ । तपाई संघर्षनै गर्न सक्नुहुन्छ । गर्न खोज्नु भयो भने सोच्नुहोस् मान्छे सकियो ।

एमाले प्रतिका तपाइका जवाफ खरा छन् । तपाइलाई पनि फरक धारको अभ्यास गर्न लागेको भन्दै भित्तामै पुराउने खेल हुने त होइन ?

भित्तामा पुग्ने तर, हामी पनि भित्तामा पुराइदिन्छौँ फेरि ।

माओवादीबाट एमालेमा केही नेताहरू पार्टी पदाधिकारी भएर बसिरहनु भएको छ । प्रभु शाह बाटो लागिसक्नु भयो । तपाइ सम्झौता गरेर एमालेमै बस्ने कि प्रभु शाहको पथमा हिँड्ने ?

म सम्झौता गर्दिन । तर, प्रभु शाह जस्तो पनि हुँदिन । म सम्झौता भने गर्दिन । ओली कमरेडले हामीलाई बुझिदिनु प¥यो । हामी यहाँ प्रतिस्पर्धा नै गर्न सक्दैनौँ नि । हामी त एमालेमा १० प्रतिशत मात्रै आएका हौँ । एकदमै सङ्कटको बेलामा हामीले उहाँलाई बहुमत दिएका हौँ । नत्र उहाँ अल्पमतमा पर्नुभएको थियो । ओली कमरेड केही राष्ट्रवादी हो भनेर पनि हामी लागेका हौँ ।

हामी त जनयुद्धकै हो त । हाम्रै अगाडी आतङ्ककारी भन्दिनुहुन्छ ।

जनयुद्धको विरोध गर्दा मन पोल्छ र ?

१२ बुँदेहरूले जनयुद्धलाई विरोध गर्न मिल्दैन । म फेरि त्यो बेला १२ बुँदेको विरोधबाट प्रचण्डसँग विद्रोह गरेको मान्छे हो । १२ बुँदेले विरोध गर्न मिल्दैन । यसमा माधव कमरेडको धेरै ठुलो भूमिका छ ।

अर्को कुरा नेकपाको दस्ताबेजमा जनयुद्धको अहम् भूमिका छ भनेका छौँ । अहिले पनि त्यो लेखिएको छ । प्रचण्डलाई आतङ्ककारी भन्नुहोस् तर, माओवादी आतङ्ककारी नभन्नुहोस् ।

केपी ओली भन्दा डेमोक्रेट प्रचण्ड हुनुहुन्छ कुरा सुन्ने मामिलामा । तर, कार्यान्वयन गर्ने कुरा एउटै हो । प्रचण्डले कमसेकम सुन्छन् केपी ओली कमरेड सुन्नुहुन्न ।

तपाइहरूलाई अझै पनि ओलीले माओवादीमाथि गरेको टिप्पणीले किन चित्त दुख्छ ? तपाइहरू त एमाले भइसक्नु भयो नि !

ए बाबा… धार त त्यो हो नि । हामी पुरानो एमाले त होइन नि । हामीलाई पुरै एमाले हुनको लागि हामीलाई त समय लाग्छ नि । त्यसको नकारात्मक कुरा भन्न मिल्यो । तर, त्यसको सकारात्मक कुराको विरोध गर्न भएन।

अहिले समाजवादी केन्द्रको बहस पनि भइरहेको छ । के माओवादी, एमाले र नेकपा एकीकृत समाजवादी एकै ठाउँमा आउलान् त ?

एक ठाउँमा आउनुपर्छ । तर,अहिलेको चिन्तनले एक ठाउँमा आउँदा पनि घाटा लाग्छ । मैले माओवादीमा हुँदा पनि एमालेसँग एकता नगरौँ भनेर ३३ जना हेड क्वाटरका सदस्यहरूसँग मैले राखेको थिए ।

विदेशीहरूले पनि हामीलाई यति ठुलो पार्टी टिक्न दिँदैनन् भनेको तीन महिनाबाट झगडा भयो । हामीले छेउबाट भनिएको कुरा सुनिएन ।

त्यो बेला तपाइको कुरा प्रचण्डले सुन्नहुन्थ्यो कि अहिले ओलीले सुन्नुहुन्छ ?

केपी ओली भन्दा डेमोक्रेट प्रचण्ड हुनुहुन्छ कुरा सुन्ने मामिलामा । तर, कार्यान्वयन गर्ने कुरा एउटै हो । प्रचण्डले कमसेकम सुन्छन् केपी ओली कमरेड सुन्नुहुन्न ।

एमालेभित्रै रहेर संघर्ष गर्नेबाहेक अर्को विकल्प छैन । म अहिले एमाले छोड्ने कुरामा छैन ।  हामी प्रचण्डसँग फर्किँदैनौँ ।  समग्र समाजवादी केन्द्रको कुरा आयो भने एउटा कुरा भयो ।

हाम्रो चिन्ता अर्को निर्वाचन सम्म पुग्दा कम्युनिस्ट के हुन्छन् भन्ने हो । उहाँ एउटा मात्रे सकिने कुरा होइन । एउटा सकिदा अर्को पनि सकिन्छ । तपाइ हाम्रो पुस्ता सम्म आउँदा कम्युनिस्ट पार्टी नरहने हो कि अथवा कमजोर हुने हो कि भन्ने चिन्ता हो ।

कम्युनिस्ट पार्टी कमजोर हुँदा नेपालको राष्ट्रियता पनि कमजोर हुन्छ ।

एमालेभित्रै रहेर तपाइ गलत प्रवृत्तिको विरोध गर्नुहुन्छ ?

हो ।

अर्को विकल्प ?

एमालेभित्रै रहेर संघर्ष गर्नेबाहेक अर्को विकल्प छैन । म अहिले एमाले छोड्ने कुरामा छैन । हामी प्रचण्डसँग फर्किँदैनौँ । समग्र समाजवादी केन्द्रको कुरा आयो भने एउटा कुरा भयो ।

एमाले बाहेकको समाजवादी केन्द्र तयार हुँदा तपाइहरू जाने हो त ?

एमालेबाहेकको समाजवादी केन्द्रमा मणि थापा जाँदैन । अहिले उपेन्द्र यादव, माधव नेपाल र प्रचण्ड कमरेडको मात्रै त समाजवादी केन्द्रको कुरा आइरहेको छ नि । त्यस्तो समाजवादी केन्द्रमा म व्यक्तिगत रूपमा जाँदैन । म एमालेमै छु र रहन्छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर