स्ववियु निर्वाचन : कोटेश्वर क्याम्पसमा अझै हुन सकेन मनोनयन दर्ता


काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तरगत देशभरिका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको मतदान जारी रहेका बेला कोटेश्वर क्याम्पसमा अझै मनोनयन दर्ता हुन सकेको छैन ।
शनिवार सर्वदलीय बैठकले निर्वाचन तालिका संशोधन गर्दै आज मनोनयन दर्ताको समय तय गरेको भएपनि दर्ता हुन सकेको छैन ।
बिहान ७ देखि साढे ८ बजेसम्म उम्मेदवारी दर्ताको समय तय भएको थियो ।
निर्वाचन अधिकृतले अहिले कसैको पनि मनोनयन दर्ता गर्न नमानेको एमाले निकट अनेरास्ववियुका एक प्रतिनिधिले बताए ।
उनले भने, ‘निर्वाचन अधिकृतले अहिले हामी कसैको मनोनयन दर्ता लिँदैनौ भनेर दर्ता गर्न जाँदा आफूलाई बाहिर पठाउनुभयो ।’
समयमा मनोनयन दर्ता नहुँदा आजको निर्वाचन कार्यक्रम प्रभावित हुने देखिएको छ ।