संसद् बैठक : टीआरसी विधेयक पेस गरिँदै, यी हुन् सम्भावित ८ कार्यसूची – Nepal Press

संसद् बैठक : टीआरसी विधेयक पेस गरिँदै, यी हुन् सम्भावित ८ कार्यसूची

काठमाडौं । सरकारले संक्रमणकालीन न्यायलाई व्यवस्थापन गर्न बनेको विधेयक आज सदनमा पेस गर्दैछ । संसद् बैठक दिउँसो १ बजे बोलाइएको छ ।

कानूनमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक पेस गर्ने भएका हुन् ।

प्रचण्डविरुद्ध फौजदारी अभियोगको मागसहित सर्वोच्चमा मुद्दा दर्ता भएपछि सरकारले टीआरसी विधेयक संसद् सचिवालयमा दर्ता गराएको थियो ।

बालुवाटारमा बसेको १० दलीय सत्ता गठबन्धनको बैठकले एकमतका साथ टीआरसी विधेयकको पक्षमा उभिने निर्णय गरिसकेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने संसदीय समितिमा छलफल गराएर मात्र यसलाई अघि बढाउन नहुने अडानमा छ ।

आजको बैठकका लागि ८ वटा सम्भावित कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर