धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव हुँदै, उद्घाटनमा प्रधानमन्त्री आउने – Nepal Press

धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव हुँदै, उद्घाटनमा प्रधानमन्त्री आउने

कैलाली । धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव हुने भएको छ । आगामी १० गते धनगढीमा हुने साहित्य महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् ।

सुदूरपश्चिम साहित्य समाजको प्राङ्गणमा १० गते देखी १३ गते सम्म साहित्य महोत्सव आयोजना हुन लागेको आयोजक सुदूर पश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले जानकारी दिए ।

उनका अनुसार नेपाल, भारत, अमेरिका लगायतका मुलुकबाट साहित्यकारहरू धनगढी आउने छन् । भारतका विभिन्न प्रदेशबाटमा रहेका नेपाली भाषीहरू पनि साहित्य महोत्सवका सहभागी हुन आउने पाण्डेले बताए ।

विश्व नेपाली नारी साहित्यको अवसर पारेर साहित्यकार झमक घिमिरे, नवराज लम्साल र सनतराज रेग्मीलाई सम्मान गरिने भएको छ ।

उनीहरूलाई जनही १ लाख ११ हजार रुपैयाँ सहित सम्मान गरिने अध्यक्ष पाण्डेले जानकारी दिए ।

अघिल्लो वर्ष धनगढीमा नेपाली साहित्य महोत्सव र त्यस अघि विश्व नेपाली साहित्य महोत्सव आयोजना गरिएका थियो । यस पटक महिला साहित्यकारहरूलाई प्राथमिकता दिँदै विश्व नेपाली नारी साहित्य महोत्सव आयोजना गर्न लागिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर