कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै – Nepal Press

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

आइतबार बिहान साढे १० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको शंकर हलमा बैठक बस्न लागेको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसअघि सानेपास्थित केन्द्रीय कार्यालय र सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बस्दै आएको बैठक यसपटक वानेश्वरस्थित संसद् भवनमा बोलाइएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ मा विश्वासको मत लिने तयारी गरिरहेकै बेला कांग्रेसको कार्यसम्पादन समितिका बैठक बस्न लागेको हो ।

कांग्रेस नेताहरूका अनुसार सो बैठकबाट प्रधानमन्त्री दाहाललाई विश्वास मतबारे निर्णय गर्न लागेको हो।

यसअघि पुस २६ मा पनि पनि कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो।

एउटै कार्यकालमा प्रधानमन्त्री दाहाललाई कांग्रेसले विश्वासको मत दिन लागेको यो दोस्रो पटक हो ।


प्रतिक्रिया

One thought on “कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

  1. विश्वासको मत दिने निर्णय हिजो १० दलको बैठकमै गरेको होईन ? अब फेरि निर्णयको के अर्थ ? पार्टी गौढ र १० दल शक्तिशाली भए पछि उसैको निर्णय नै पार्टी निर्णय हुनेछ भनेर सधैंलाई हुने निर्णय गरे भैहाल्यो नि । त्याहा देउवा गैहाल्छन अनि काँग्रेस भनेकै देउवा मात्र हुन् । अरू त उनका पच्छर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर