कोटेश्वर बहुमुखी क्याम्पस : आजै उम्मेदवारी दर्ता, आजै मतदान – Nepal Press

कोटेश्वर बहुमुखी क्याम्पस : आजै उम्मेदवारी दर्ता, आजै मतदान

काठमाडाैं । कोटेश्वर बहुमुखी क्याम्पसमा आज दिउँसो १२ बजेपछि मात्रै मतदान हुने भएको छ ।

हिजो बसेको सर्वदलीय बैठकले आजै उम्मेदवारी दर्तादेखि निर्वाचनका अन्य कार्यक्रम प्रकाशन गरेको हो ।

निर्वाचन समितिका अनुसार बिहान ७ देखि साढे ८ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

यस्तै साढे ८ देखि ९ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने, ९ देखि सवा ९ सम्म दाबी विरोध गर्ने र पौने १० बजेसम्म दाबविरोधपछि छानबिन गरी नामावली प्रकाशन गर्ने तालिका छन् ।

१० बजेसम्म नाम फिर्ता लिने, साढे १० मा अन्तिम नामावली प्रकाशन गर्ने र १२ देखि ४ बजेसम्म मतदानको समय तोकिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर