फुटबल–क्रिकेट जुनसुकै खेल भएपनि खेलाडीहरुको साझा लक्ष्य उत्कृष्टता हासिल गर्नु हो: राेहित पाैडेल – Nepal Press

फुटबल–क्रिकेट जुनसुकै खेल भएपनि खेलाडीहरुको साझा लक्ष्य उत्कृष्टता हासिल गर्नु हो: राेहित पाैडेल

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको कमर्सियल, बार्डकास्ट तथा टिकेटिङ पार्टनर एमडिएसी स्पोर्टसले आइतबार दशरथ रंगशालामा विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल क्रिकेट टिमलाई सम्मान गरेको छ ।

ए डिभिजन लिग अन्तर्गत मनाङ मर्स्याङ्दी क्लिब र एपीएफ क्लबबीचको खेलका दौरान काठमाडौं महानगरका मेयर बालेन साह लगायत एन्फा पदाधिकारीहरुले राष्ट्रिय क्रिकेट खेलाडीलाई खादा तथा माला लगाएर सम्मान गरेका थिए ।

ए डिभिजन लिग हेर्न मैदान पुगेका नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले नेपाली फुटबलले क्रिकेटलाई यसरी सम्मान गरेर हौसला बढाएकोमा आफू कृतज्ञ रहेको प्रतिक्रिया दिएका छन् ।

उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा लेखोका छन्,‘ खेल जुनसुकै होस खेलाडीहरु सबैको साझा लक्ष्य भनेको उत्कृष्टता हासिल गर्ने र देशलाई गर्वान्वित बनाउने हुन्छ । बिभिन्न खेलकुदहरु एक्ताबद्ध भएको र एकअर्कालाई प्रोत्साहन गरेको देख्दा असाध्यै खुसी लागेको छ । नेपाली फुटबलले क्रिकेटलाई समर्थन गरेकोमा म कृतज्ञ छु । ए डिभिजन लिग र यसबाहेकपनि हामीले एक अर्कालाई साथ र समर्थन गर्यौ भने, धेरै महान चिजहरु हासिल गर्न सक्छौं,’ ।

विश्वकप क्रिकेट लिग २ शृंखलाको अन्तिम खेलमा यूएईमाथि नाटकीय जित निकाल्दै नेपाली राष्ट्रिय क्रिकेट टिम सोझै विश्वकपको ग्लोबल क्वालिफायरमा पुगेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *