नेपाल कमर्स क्याम्पस मीनभवनको स्ववियु निर्वाचन स्थगित

२०७९ चैत ४ गते १९:१२

काठमाडौं । विद्यार्थी संगठनहरुको आपसी विवादलाई देखाउँदै नेपाल कमर्स क्याम्पस मीनभवनको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगित गरिएको छ ।
क्याम्पस प्रमुख र स्ववियु निर्वाचन समितिका सदस्य सचिवले शनिबार साँझ विज्ञप्ति जारी गर्दै क्याम्पसमा विशेष परिस्थिति सिर्जना भएको भन्दै निर्वाचन स्थागित गरिएको जनाएका छन् ।
साँझ केही विद्यार्थी संगठनले नाराबाजी र तालाबन्दी समेत गरेका थिए । स्ववियु निर्वाचनको मतदानभन्दा अघिल्लो साँझ स्थगित भएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर