फुटबल पदाधिकारीले गरे क्रिकेटरकाे सम्मान (तस्बिरहरु/भिडिओ) – Nepal Press

फुटबल पदाधिकारीले गरे क्रिकेटरकाे सम्मान (तस्बिरहरु/भिडिओ)

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको कमर्सियल, टिकेटिङ तथा बोर्डकास्ट पार्टनर एमडीएसी स्पार्टसले विश्वकप ग्लोबल क्वालिफायरमा छनोट भएको नेपाली क्रिकेट टिमलाई सम्मान गरेको छ ।

एपीएफ फुटबल क्लब र मनाङ मर्स्याङदी क्लबबीचको खेल हेर्न दशरथ रंगशाला पुगेका नेपाली क्रिकेट टोलीलाई एन्फाका पदाधिकारीहरुले ग्राउण्डमा माला र खादा लगाएर सम्मान गरेका हुन् ।

उनीहरुलाई सम्मान गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल पनि रंगशाला पुगेका थिए । क्रिकेट खेलाडीहरुलाई खेलको पहिलो हाफमा सम्मान गरेको हो ।

दशरथ रंगशालामा आज भएको एपीएफ फुटबल क्लब र मनाङ मर्स्याङदी क्लबबीचको खेलमा उठेको टिकटको सम्पूर्ण रकम नेपाल क्रिकेट संघ(क्यान) को खेलाडी कल्याणकारी कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

ए डिभिजन लिगमा सामान्य प्याराफिटतर्फको टिकट रकम एक सय र भीआईपी तर्फको ३ सय रहेको छ । अहिले एपीएफ र मनाङबीच खेल भइरहेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर