सत्ता गठबन्धनको निर्णय- टीआरसी विधेयकको पक्षमा उभिने, प्रधानमन्त्रीलाई विश्वासको मत दिन एकजुट हुने

२०७९ चैत ४ गते १८:३६

काठमाडौं । सत्ता साझेदार १० दलीय गठबन्धनले प्रधानमन्त्रीलाई विश्वासको मत दिन एकजुट हुने निर्णय गरेको छ । सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत लिँदैछन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले आइतवार संसदमा सरकारले पेश गर्ने संक्रमणकालीन न्याय –टिआरसी सम्बन्धी विधेयकको पक्षमा एकमतका साथ उभिने निर्णय समेत गरेको छ ।
प्रधानमन्त्रीले विश्वासको मत लिएपछिमात्र मन्त्रिपरिषद पुनर्गठन हुने भएकाले यसबारेमा शनिबारको बैठकमा छलफल नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर