टीआरसी विधेयक कुनै एक दलको मात्र होइन, राष्ट्रिय विषय हो: रमेश लेखक (भिडिओ) – Nepal Press

टीआरसी विधेयक कुनै एक दलको मात्र होइन, राष्ट्रिय विषय हो: रमेश लेखक (भिडिओ)

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बेपत्ता पारिएका व्यक्ति र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक कुनै एक राजनीतिक दलको मात्रै विषय वस्तु नरहेको बताएकी छन् ।

शनिबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकहरुसँग गर्नुभएको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले बैठकमा बेपत्ता पारिएका व्यक्ति र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक कुनै एक राजनीतिक दलको मात्रै नभइ राष्ट्रिय विषय भएकाले सबै राजनीतिक दलहरु मिलेर अघि बढाउन आवश्यक रहेको बताए ।

उनले भने,‘ भोलिको संसदमा केही महत्वपूर्ण विधेयक आउँछन्, त्यसलाई अघि बढाउनुपर्छ । व्यक्ति बेपत्ता, सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक अघि बढ्दैछ, संवैधानिक परिषद्को कार्यविधि सम्बन्धी विधेयक अघि बढ्दैछ, प्रतिनिधि सभा नियमावलीलाई सैद्धान्तिक छलफल गरी संशोधन आह्वान गर्नेकुरा भएको छ । बेपत्ता पारिएका व्यक्ति र सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयकमा राजनीतिक दल विशेषको विषय होइन, यो राष्ट्रिय विषय हो । राजनीतिक दलका विषयमा मतान्तर छैनन् । कुनै विषयवस्तुमा कस्तो गर्ने भन्ने विषय छन्, त्यसमा छलफल गर्न सकिन्छ ।’

प्रमुख सचेतक लेखकले संविधानले नै गठबन्धनको संस्कृतिलाई नै अघि बढाउनुपर्ने कुरामा जोड दिएकाले सोही अनुसार गठबन्धन अघि बढ्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर