एमालेले भन्यो- टीआरसी विधेयक समितिमा छलफल गराइयोस् (भिडिओ) – Nepal Press

एमालेले भन्यो- टीआरसी विधेयक समितिमा छलफल गराइयोस् (भिडिओ)

प्रमुख सचेतक पदम गिरी भन्छन्- अन्तर्राष्ट्रिय समुदायले नियालिरहेको विधेयकमा लटरपटर गरिन हुन्न

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विधेयक संसदीय समितिमा पठाएर छलफल गर्नुपर्ने बताएका छन् ।

शनिबार प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदीय दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

प्रमुख सचेतक गिरीले संसदमा पेस भइसकेपछि संसदमा विभिन्न ढंगले विधेयकमा छलफल हुने र संशोधन हुने बताए । उनले यसलाई टुंगोमा पु¥याउन भने संसदीय समितिमा नै छलफल गर्नुपर्ने आवश्यक्ता औंल्याए । विधेयकमा अन्तर्राष्ट्रिय समुदायले नियालिरहेको भन्दै उनले संसदबाट हतारका साथ पारित गरेर जानु नहुने बताए ।

उनले भने, ‘यो विषय यहाँ पेस भइसकेपछि यसमा विभिन्न ढंगले छलफल हुन्छन्, संशोधन हुन्छ, त्यसमा छलफल हुँदै जान्छ । तर समितिमा गएर व्यापक रुपले छलफल गरेर यसलाई टुंगोमा पु¥याउनुपर्छ । संसदबाट हतारका साथ पारित गरेर जानु हुँदैन, अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण भएको मानव अधिकार आयोगको ध्यानाकर्षण भएको छ । यसमा विशेष जोड दिएर गम्भीर बनेर जानुपर्छ ।’

प्रमुख सचेतक गिरीले आइतवार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावली पेस गर्ने सहमति भएको बताए । उनले बैठकमा नेकपा एमालेले प्रमुख प्रतिपक्षको रुपमा आफूहरुको सिट व्यवस्थापन हुनुपर्ने माग गरेको बताए । उनले सो विषयमा आइतबार साढे १० बजे काँग्रेसले बैठक बसेर यस बारेमा आफ्नो धारणा राख्ने काँग्रेस प्रमुख सचेतक रमेश लेखकले बैठकमा जानकारी गराए  ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर