राष्ट्रपति पौडेलले गरे कुमारी दर्शन, गरिएन सडक खाली (भिडिओ) – Nepal Press

राष्ट्रपति पौडेलले गरे कुमारी दर्शन, गरिएन सडक खाली (भिडिओ)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल हनुमानढोकास्थित कुमारीघर पुगेका छन् । दिउँसो चार बजे शीतलनिवासबाट कुमारी घरमा कुमारीको दर्शन गर्न पुगेका हुन् । उनको सवारीमा आज बाटो खाली गराइएको थिएन ।

 

बाटो खाली नगराई उनले कुमारीको दर्शन गरेर फर्केका छन् । यसअघि राष्ट्रपतिकाे सवारीमा सडक सुनसान गराइने र त्यसबाट सर्वसाधारणलाई सास्ती हुँदा भीआईपी सवारीप्रति आलाेचना बढ्दाे थियाे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर