आन्तरिक प्रतिस्पर्धाबाट ८ जना सहसचिवमा बढुवाका लागि सिफारिस – Nepal Press

आन्तरिक प्रतिस्पर्धाबाट ८ जना सहसचिवमा बढुवाका लागि सिफारिस

काठमाडौं । विभिन्न सेवामा कार्यरत ८ जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

लोक सेवा आयोगको आन्तरिक प्रतिस्पर्धाबाट प्रशासन सेवामा ४ जना, परराष्ट्र सेवामा २ जना, न्याय सेवा अन्तरगत सरकारी वकिल समूहमा एक जना र लेखापरीक्षण सेवामा एक जना गरेर ८ जना सिफारिस भएका हुन् ।

प्रशासन सेवामा रामकृष्ण लामिछाने, विन्देश्वरप्रसाद लेखक, बद्रिनाथ गैरे र पार्वती अर्याल, परराष्ट्र सेवामा शरदराज आरन र लक्ष्मण खनाल, न्याय सेवाको सरकारी वकिल समूहमा मीना गुरुङ र लेखापरीक्षण सेवामा श्यामप्रसाद भण्डारी सिफारिस भएका हुन् ।

प्रशासन सेवामा ६ जना, परराष्ट्र सेवामा ४ जना, न्याय सेवाको सरकारी वकिल समूहमा ३ जना र र लेखापरीक्षण सेवामा ३ जना लिखित परीक्षा उर्तिण गरेर अन्तरवार्ता चरणसम्म प्रवेश गरेका थिए । अन्तरवार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षासमेतको अंकका आधारमा उनीहरु सिफारिस भएका लोक सेवा आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर