संविधानमै कमजोरी नभएको भए राष्ट्रपति,उपराष्ट्रपतिमा समानुपातिक प्रतिनिधित्वका हुन्थ्यो: अर्जनरसिंह केसी – Nepal Press

संविधानमै कमजोरी नभएको भए राष्ट्रपति,उपराष्ट्रपतिमा समानुपातिक प्रतिनिधित्वका हुन्थ्यो: अर्जनरसिंह केसी

रुपन्देही ।  नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा देखापरेको समानुपातिक प्रतिनिधित्वको सवालमा संविधानमै उल्लेखित विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने आवश्यकता देखिएको बताएका छन्।

नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले संविधानमा फरक समुदाय वा महिला उल्लेख गर्दा समस्या भएको बताउँदै र फरक समुदाय र महिला उल्लेख गरेको भए बाध्यकारी हुने थियो भन्दै त्यहा कमजोरी भएकाले अव सुधार्नुपर्ने बताए ।

कार्यान्वयनका समयमा देखिएका कमजोरीका कारण संविधानभित्रका केही ब्यवस्था परिवर्तन गर्नुपर्ने अवस्था आएको उनले बताएका छन्।
केसीले भने–’अहिलेको बिकृति र जनगुनासोलाई हेर्दा संविधानमा देखिएका केही ब्यवस्था फेर्नुपर्ने अवस्था आएको छ ।,जहाँ जहाँ कमीकमजोरी देखिन्छन् त्यसलाई सुधार गर्दै जानुपर्ने हुन्छ ।’

’सर्वसाधारणका गुनासा अगाडि जसरी आएका छन् त्यसका आधारमा मोडल चेन्ज गर्नु पर्छ। हामीले नै बनाएको संबिधान हो त्यसप्रति गुनासा आउन थाले भने हामीले नै त्यसका बिषयमा सोच्नु पर्छ’– केसीले भने।

प्रदेश र स्थानीय सरकार संघीय सरकारसंगको समन्वयका आधारमा चल्ने बिधि हो तर त्यसमा कमजोरी देखिएको छ। यसका कारण पनि संघीयताप्रति गुनासो आएको हो भन्ने लाग्छ– उनले भने।

पहिले प्रधानमन्त्रीले बिश्वासको मत लिनुहुन्छ त्यसपछि सरकारले पुर्णता पाउने हो।तर नेपाली कांग्रेसबाट सरकारमा कसले नेतृत्व गर्ने भन्ने अझै टुंगो लागेको छैन’–नेता केसीले भने ।

सरकार टिकाउने नाममा उपप्रधानमन्त्रीको हुल बनाउने परिपाटी गलत भएको बताउदै केसीले प्रधानमन्त्रीले बिश्वासको मत लिएपछि सरकारले पुर्णता पाउने र नेपाली कांग्रेसको तर्फबाट कसले नेतृत्व गर्ने भन्ने बिषयमा छलफल हुने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर