दीपेन्द्रसिंह ऐरी र भीम सार्की लगायत ५ खेलाडीलाई सुदूरपश्चिम सरकारले सम्मान गर्ने – Nepal Press

दीपेन्द्रसिंह ऐरी र भीम सार्की लगायत ५ खेलाडीलाई सुदूरपश्चिम सरकारले सम्मान गर्ने

कैलाली । नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनौट गराउने खेलमा महत्पूर्ण भूमिका निभाएका दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई सुदूरपश्चिम सरकारले सम्मान गर्ने भएको छ ।

सुदूरपश्चिमका दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई जनही रू २ लाख दिएर प्रदेश सरकारले सम्मान गर्न लागेको हो । टिममा परेका सन्दीप जोरालाई १ लाख र अन्तिम १८ परेका कमल सिंह ऐरी र अर्जुन साउदलाई जनही ५० हजार लाख दिने घोषणा गरेको छ।

यस अघि पनि प्रदेश सरकारले युएईमा २०२३ मार्चमा सम्पन्न भएको आईसीसी यु १९ वर्ल्ड कपमा सहभागी खेलाडी र अफिसियललाई सम्मान गर्ने बताएका थियो ।

प्रति खेलाडीहरूलाई जनही १ लाख र अफिसियललाई ५० हजारका दरले सम्मान गरिने सरकारले घोषणा गरेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर