अस्थिरता र अवसरवादका अगुवा प्रचण्ड आफैँले थापेको धरापमा पर्नेछन् : गोकर्ण विष्ट (भिडिओ) – Nepal Press

अस्थिरता र अवसरवादका अगुवा प्रचण्ड आफैँले थापेको धरापमा पर्नेछन् : गोकर्ण विष्ट (भिडिओ)

हेटौँडा । नेकपा एमालेका सचिव गोकर्ण विष्टले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारको आयु लामो नरहेको बताएका छन् ।

उनले एमाले सहितको गठबन्धन भत्काएर आफ्नो सरकारको आयु कम गरेको बताए ।

शनिवार प्रेस चौतारी मकवानपुरले हेटौँडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै विष्टले एमालेको समर्थनमा प्रधानमन्त्री भएका प्रचण्डले दुई महिनामा नै सहमति तोडेर राजनीति बेइमानी गरेको बताए ।

अहिले गठबन्धन नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन, सुशासन र समृद्धिलाई कमजोर पार्न चाहने शक्तिहरूको इच्छा अनुसार बनेको भन्दै विष्टले स्वार्थै स्वार्थले बनेको गठबन्धनको आयु लामो नरहने बताए ।

उनले तत्काल कांग्रेससँग मिलेर सरकार बनाउने अवस्था नदेखिएको तर राजनीतिमा असम्भव भन्ने केहि पनि नहुने बताउँदै निकट भविष्यमा आवश्यकतालाई भविष्यका दिनहरूले थप प्रभावकारी बनाउने उल्लेख गरे ।

नेता विष्टले सरकारले मलमा मूल्यवृद्धि गरेर किसानलाई आघात पुर्‍याएको बताए ।

किसानलाई सुविधा दिने, अनुदान दिने, कृषि क्षेत्रमा थप रोजगारी सृजना गर्दै देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा मल, बिउ बिजन लगायतका अत्यावश्यक वस्तुहरूमा मूल्यवृद्धि गरेर देशलाई परनिर्भर बनाउन खोजेको नेता विष्टको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर