कोशी प्रदेशकै केन्द्रीय क्याम्पस महेन्द्र मोरङ्गमा एमाले निकट अनेरास्ववियुको तालाबन्दी – Nepal Press

कोशी प्रदेशकै केन्द्रीय क्याम्पस महेन्द्र मोरङ्गमा एमाले निकट अनेरास्ववियुको तालाबन्दी

विराटनगर । विराटनगरमा रहेको महेन्द्र मोरङ क्याम्पसमा नेकपा एमाले निकट अनेरास्ववियुले तालाबन्दी गरेको छ ।

क्याम्पस प्रशासनले निर्वाचन आचारसंहिता उल्लंघन गर्दै गैर जिम्मेवार ढंगले नेविसंघका उम्मेदवारलाई भोट मागेको पाइको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेको हो ।

अनेरास्ववियुका नेता भाष्कर खनालले क्याम्पस प्रशासनले व्यक्तिगत रूपमा विद्यार्थीहरूलाई नेविसंघमा भोट हाल्नका लागि धम्की दिन थालेपछि अनेरास्ववियु त्यसको प्रतिकारमा उत्रेका खनालले जानकारी दिए । क्याम्पस प्रशासनले विद्यार्थीहरूमा गैर जिम्मेवार तरिकाले भोट मागेको उनले बताए ।

उनले भने, ‘क्याम्पस प्रशासन जस्तो जिम्मेवार तहबाट नै नेविसंघका उम्मेदवारलाई भोट हाल्नु भनी धम्कीपूर्ण निर्देशन आइरहेको थाहा पाएपछि तालाबन्दी गरेका हौँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर