आरण र खनाल परराष्ट्र सहसचिवमा सिफारिस – Nepal Press

आरण र खनाल परराष्ट्र सहसचिवमा सिफारिस

काठमाडौं । लोक सेवा आयोगले नेपाल परराष्ट्र सेवा, राज पत्रांकित प्रथम श्रेणी सहसचिवमा दुई जनालाई बढुवा नियुक्तिका लागि सिफारिस गरेको छ । आयोगले बढुवाका लागि रामेछाप मन्थलीका शरदराज आरण र मोरङ सुनवर्षीका लक्ष्मण खनाललाई सिफारिस गरेको हो ।

आन्तरिक प्रतियोगितातर्फ आयोगको विज्ञापन नं. १६६५२/०७९-८० अन्तर्गत लिखित परीक्षा उत्तीर्ण भइ चैत १ गते भएको अन्तर्वार्तामा सिफारिस चार जनामध्ये दुई जना बढुवा नियुक्तिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस भएका हुन् ।

उम्मेदवारहरुको अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतको आधारमा उनीहरुलाई आयोगको शुक्रबार बसेको बैठकले सिफारिस गरिएको आयोगको अन्तर्वार्ता तथा सिफारिस महाशाखाले जानकारी दिएको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *