चेलिबेटी बेचबिखन विरुद्धको सन्देशसहित हरिवंशले ल्याए ‘काउली’, पहिलोपल्ट सँगै देखिए प्रियंका र प्रकाश – Nepal Press

चेलिबेटी बेचबिखन विरुद्धको सन्देशसहित हरिवंशले ल्याए ‘काउली’, पहिलोपल्ट सँगै देखिए प्रियंका र प्रकाश

काठमाडौं । हास्य अभिनेता हरिवंश आचार्यको शब्द, संगीत र स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । लोक लयमा आधारित ‘काउली’ बोलको उक्त गीतमा लोक गायिका शान्तिश्री परियारले उनलाई साथ दिएकी छन् ।

गीतको भिडियोमा समेत आचार्य स्वयंले अभिनय गरेका छन् । भिडिओमा उनीसँगै पहिलोपल्ट प्रकाश सपुत र प्रियंका कार्कीले एकसाथ जोडी बाँधेका छन् । गीतको भिडिओमा चेलबेटी बेचबिखनको सन्देशसमेत दिन खोजिएको छ । गीतको भिडियो निर्देशन सरोज ओलीले गरेका छन् ।

हरिवंशका अनुसार उनले यो गीते निर्देशक ओलीकै एनिभर्सरीका दिन लेखेका हुन् । ‘एक वर्षअघि म सरोज भाईको एनिभर्सरीको पारिवारिक जमघटमा सहभागी हुन होटल तिब्बेतमा गएको थिएँ,’ हरिवंशले सम्झिए, ‘त्यहीबेला एक्कासी काउलीको प्रसंङ निस्कियो । मेरो मुखमा त्यसै ‘ए काउली, नचिने मान्छे आँखा झिम्काउली’ शब्द फुर्यो । त्यसपछि यसले गीतको स्वरुप पाएको हो । ’

गीत पारिवारिक र सांस्कृतिक कार्यक्रमतिर नाच्न मिल्ने बनेको बताउँछन् आचार्य । ‘विहे ब्रतबन्धतिर उफ्रिउफ्रि नाच्न मिल्ने गीत बनेको छ, रमाइलो लाग्यो भने दर्शकहरु पनि उफ्रिउफ्रि नाच्न सक्नुहुनेछ,’ उनले भने ।

यो गीतको श्यामश्वेत रसाईलीले एरेन्ज र गम्भीर विष्टले भिडिओ कोरियोग्राफी गरेका हुन् ।

भिडिओ:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *