नेपालविरुद्ध खेलमा यूएईले देखाउन नसकेको ‘स्पोर्ट्सम्यानसीप’ – Nepal Press

नेपालविरुद्ध खेलमा यूएईले देखाउन नसकेको ‘स्पोर्ट्सम्यानसीप’

काठमाडौं । क्रिकेटमा नेपालको चिर प्रतिद्वन्द्वीका रुपमा रहेको छ यूएई, जसरी फुटबलमा भारत । धेरैपटक नेपालको यात्रामा बाधक बनेको यूएई विश्वकप लिग २ मा पनि नेपालको अन्तिम तगारोका रुपमा थियो ।

विगतका नतिजाहरु हेर्ने हो भने समग्रमा यूएई नेपालभन्दा बलियो राष्ट्र हो । तर, पछिल्लो समय नेपाल यूएईमाथि हावी भइरहेको छ । लिग- २ अन्तर्गत नेपाल र यूएईबीच ६ खेलमा प्रतिस्पर्धा भयो । सुरुका दुई खेलमा नेपाललाई यूएईले भारी अन्तरले जितेको थियो । ती दुवै खेल यूएईमा भएका थिए । तर, पछिल्ला ४ म्याचमध्ये तीनवटामा नेपाल विजयी भएको छ ।

यही नतिजाले देखाउँछ नेपालमाथि यूएईको पुरानो दबदबा अब रहेन । पहिले जस्तो नेपाली खेलाडीहरु यूएई भन्नेबित्तिकै तर्सिने अवस्था छैन । सायद यसैको मनोवैज्ञानिक प्रभावले होला हालै नेपालको घरेलु मैदानमा भएको त्रिकोणात्मक सिरिजमा यूएई टीमको रवैया त्यति राम्रो देखिएन । अझ अन्तिम खेलमा त ‘जसरी पनि’ नेपाललाई हराउनैपर्छ भन्ने मानसिकतामा यूएईका खेलाडी देखिए ।

पछिल्लो अवस्थामा यूएईभन्दा माथि उक्लिएको छ नेपालको क्रिकेट । पछिल्ला १२ मध्ये ११ खेल जित्दै नेपालले आफ्नो एक दिवसीय मान्यतामात्र सुरक्षित गरेन, असम्भवलाई सम्भव तुल्याएर विश्वकपको ग्लोबल क्वालिफायरमा समेत स्थान बनाउन सफल भयो । तर, यूएईको भने एकदिवसीय मान्यता नै संकटमा परेको छ । सायद यसैको क्रोध पनि उसले मैदानमा पोखेको हुनुपर्छ ।

हिजोको म्याचको कुरा गर्ने हो भने यूएईलाई गुमाउनुपर्ने केही थिएन । लिग- २ बाट एक दिवसीय मान्यता जोगाउने अवसर उसले गुमाइसकेको थियो । हिजोको म्याच जित्दा पनि ऊ लिग- २ को वरियतामा माथि उक्लिन सक्ने सम्भावना थिएन । तर, नेपालविरुद्धको म्याचलाई यूएईले प्रतिष्ठाको विषयको रुपमा लिएको थियो । त्यसैले खेलाडीहरुले म्याच जित्न दिलोज्यान नै लगाए । खेलेरमात्र नपुगेर उनीहरुले अरु पनि जुक्ति लगाउन खोजे, जुन खेल भावनाविपरीतका थिए ।

नेपालका लागि भने हिजो गर वा मरको खेल थियो । लिग- २ बाट विश्वकपको क्वालिफायरमा स्थान बनाउन नेपाललाई खेल जित्नैपर्थ्याे । त्यसैले पनि कीर्तिपुर मैदानमा दर्शकहरु उर्लिएका थिए ।

हिजोको म्याचको कुरा गर्ने हो भने यूएईलाई गुमाउनुपर्ने केही थिएन । लिग- २ बाट एक दिवसीय मान्यता जोगाउने अवसर उसले गुमाइसकेको थियो । हिजोको म्याच जित्दा पनि ऊ लिग- २ को वरियतामा माथि उक्लिन सक्ने सम्भावना थिएन । तर, नेपालविरुद्धको म्याचलाई यूएईले प्रतिष्ठाको विषयको रुपमा लिएको थियो ।

यूएईले नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै ३११ रनको विशाल स्कोर खडा गरेको थियो । यूएईका खेलाडीहरुले सायद सोचेका थिए, यति भएपछि म्याच जितिन्छ । नेपालले अहिलेसम्म एक दिवसीयमा ३०० को आँकडा कहिल्यै पार गरेको छैन । नेपालको ब्याटिङ परम्परागत रुपमा नै कमजोर मानिन्छ । तर, नेपाली ब्याट्सम्यानले नसोचेको प्रदर्शन गरे, जसलाई यूएईले सहजै पचाउन सकेन ।

नेपालले ब्याटिङ सुरु गर्दा काठमाडौंको मौसम बदली भएर अँध्यारो छाउन थालेको थियो । नियमानुसार यदि पर्याप्त प्रकाश भएन भने कुनै पनि बेला अम्पायरहरुले खेल स्थगित वा रद्द गर्न सक्छन् । त्यस्तो अवस्थामा यदि दोस्रो इनिङको २० ओभर खेल सकिएको छ भने डकवर्थ लेविस स्टर्न (डीएलएस मेथड) विधिबाट नतिजा घोषणा गरिन्छ । मौसमको अवस्था हेर्दा २० ओभरपछि कुनै पनि क्षण खेल स्थगित हुने सम्भावना थियो ।

डीएल मेथडमा २० ओभरदेखि ४० ओभरसम्मको खेलमा यूएई थोरै अन्तरले अगाडि थियो । खेल रोकिनसक्ने सम्भावना बढ्दै गएपछि यूएईका खेलाडीहरुले समय कटाउने बहाना खोज्न थाले । उनीहरु बलिङ गर्न आलटाल गर्ने, इन्जुरीको अभिनय गर्ने, आपसमा अनावश्यक रुपमा सरसल्लाह गर्ने आदि गरेर समय बिताइरहेका थिए, ताकि अँध्यारो बढेर खेल रद्द होस् र नतिजा आफूहरुको पक्षमा आओस् । तर, यस्तो शैलीले यूएईलाई नै ब्याकफायर गर्‍यो ।

एक दिवसीय क्रिकेटमा दुवै टीमलाई बलिङका लागि ५०-५० ओभर दिइएको हुन्छ । जुन उनीहरुले साढे ३ घन्टासम्म पूरा गरिसक्नुपर्छ । अर्थात दुवै टीमले बलिङका लागि साढे ३ घन्टा समय पाएका हुन्छन् । त्योभन्दा बढी समय लगाएमा पेनाल्टी तिर्नुपर्ने प्रावधान छ ।

नेपालले दोस्रो इनिङमा ब्याटिङ सुरु गर्दा १ः४५ बजेको थियो । ब्याटिङमा नेपालले खराब सुरुवात गर्‍यो । अनि, जब २० ओभरको खेल सकियो, यूएईका खेलाडीहरुले बलिङ र फिल्डिङमा अति ढिलासुस्ती गर्न थाले । यसकारण कि डीएलएसमा उनीहरु अगाडि थिए । आफूहरु अगाडि रहँदै खेल रोकियोस् भन्ने चाहना उनीहरुको थियो । फलतः उनीहरुले ४४ ओभरको खेलमा नै झण्डै चार घन्टा बिताए । पछिल्लो ६ ओभर बलिङ गर्दा नै यूएईले ४० मिनेट खपत गरेको थियो ।

एक दिवसीय क्रिकेटमा दुवै टीमलाई बलिङका लागि ५०-५० ओभर दिइएको हुन्छ । जुन उनीहरुले साढे ३ घन्टासम्म पूरा गरिसक्नुपर्छ । अर्थात दुवै टीमले बलिङका लागि साढे ३ घन्टा समय पाएका हुन्छन् । त्योभन्दा बढी समय लगाएमा पेनाल्टी तिर्नुपर्ने प्रावधान छ ।

यदि यूएईले सामान्य गतिमा खेलेको भए पूरा ५० ओभरको खेल हुन सक्थ्यो । उनीहरु आफ्नै गलत रणनीतिको शिकार भए । यद्यपि, पूरा ओभरको खेल हुँदा पनि जित्ने सम्भावना नेपालकै बलियो थियो । नेपालका गुल्शन झा अर्धशतक बनाएर जमेका थिए भने नेपालका फिनिसर दीपेन्द्रसिंह ऐरी पनि क्रिजमा थिए । घरेलु मैदानमा ऐरी निकै भरपर्दा ब्याट्सम्यान हुन् ।

उनीहरुपछि पनि सोमपाल कामी र सन्दीप लामिछाने थिए, जो फ्ल्याट पिचमा मज्जाले ब्याटिङ गर्न सक्छन् । नेपाल यूएईले दिएको लक्ष्यभन्दा ४१ रनले मात्र टाढा थियो भने ३६ बल फ्याक्न बाँकी थियो । त्यसैले नेपालले हिजोको खेल भाग्यले जितेको होइन, खेलेरै जितेको हो ।

नेपाली ब्याट्सम्यानहरु डीएलएस स्कोरलाई ध्यानमा राखेर नै खेलिरहेका थिए । मैदान बाहिरबाट दुवै ब्याट्सम्यानलाई डीएलएस स्कोरको अपडेट आइरहेको थियो । त्यसैअनुसार ४२औं ओभरमा गुल्शन झाले यूएईका कप्तान मुहम्मद वसिममाथि हमला गर्दै २० रन बटुले र डीएलएसमा नेपाल अगाडि बढ्न सफल भयो । खेलको ट्विस्ट यही भयो ।

४४ ओभरको खेल सकिँदा डीएलएसअनुसार नेपाललाई जित्न २६० रन चाहिन्थ्यो । जबकि नेपालले २६९ रन बनाइसकेको थियो । खराब प्रकाशका कारण ५ः३७ मा अम्पायरहरुले खेल ‘कल अफ’ गर्नासाथ नेपाली खेलाडीहरुमा हर्षोल्लास सुरु भइहाल्यो । उनीहरुलाई डीएलएसमा आफूहरु अगाडि रहेको थाहा थियो ।

अर्कोतर्फ यूएईका खेलाडीहरु स्तब्ध भए । नतिजा पचाउन नसकेका टीमका प्रशिक्षक रविन सिंह र कप्तान वसिमले म्याच रेफ्रीसमक्ष प्रोटेस्टसमेत गरे, जुन उनीहरुको अर्को खेल भावनाविपरीतको कार्य थियो । जब क्रिकेटमा खराब प्रकाश वा वर्षाको कारण खेल रद्द हुन्छ, त्यसबेला डीएलएसअनुसार निर्णय हुने जगजाहेर कुरा हो । यसलाई नबुझेको झैं गरी उनीहरु प्रतिवादमा उत्रिँदा केहीबेर अन्योलको स्थिति बन्यो । तर, म्याच रेफ्रीले सम्झाएपछि उनीहरु अन्ततः नतिजा स्वीकार्न तयार भए । अन्त्यमा सौहर्दपूर्वक दुवै टीमले हात मिलाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर