झलक र समीक्षाको ‘डाँडै पिपल’मा सुधिर र आरुषीको रोमान्स (भिडिओ) – Nepal Press

झलक र समीक्षाको ‘डाँडै पिपल’मा सुधिर र आरुषीको रोमान्स (भिडिओ)

काठमाडौँ । गायक झलक पुनको डाँडै पिपल बोलको गीतको भिडिओ रिलिज भएको छ ।

गायक झलक र गायिका समीक्षा अधिकारीको स्वरमा तयार डाँडै पिपलमा गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीत रहेको छ । लोक शैलीमा तयार पारिएको छमछम नचाउने डाँडै पिपलको एरेन्ज नरेन्द्र बियोगीले गरेका हुन् ।

भिडियोमा पछिल्लो समयका चर्चित मोडलद्धय सुधिर श्रेष्ठ र आरुषी मगरको बेजोड अभिनय देख्न सकिन्छ । लोक शैलीको रोमान्टिक डाँडै पिपललमा एक जोडीको सफल प्रेम कहानीलाई निर्देशक मौसम हिमालीले कलात्मक शैलीमा तयार पारेका छन् ।

डाँडै पिपलमा नवराज उप्रेती छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको सार्वजनिक गीतको भिडियो गायक झलक पुनको आफ्नै अफिसियल युट्युब च्यानल झलक पुनबाट रिलिज गरिएको हो ।

भिडिओ

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर