एमालेनिकट किसान महासंघ सुर्खेतले रासायनिक मलको अनुदान कटौतीको विरोधमा बुझायो ज्ञापन पत्र – Nepal Press

एमालेनिकट किसान महासंघ सुर्खेतले रासायनिक मलको अनुदान कटौतीको विरोधमा बुझायो ज्ञापन पत्र

सुर्खेत । एमालेनिकट अखिल नेपाल किसान महासंघ सुर्खेतले सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गरेको विरोधमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएको छ ।

शुक्रबार सुर्खेतका अध्यक्ष विनोदकुमार गिरी नेतृत्वको टोलीले फागुन २६ गते सरकारले मलमा दिँदै आएको अनुदान कटौती गरेको विरोधमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्रबहादुर मल्ललाई बुझाइएको ज्ञापनपत्रमा अनुदान कटौतीको निणर्यले कृषिमा मूल्यवृद्धि भई उपभोक्ता मारमा पर्ने निष्कर्ष निकाल्दै खेतीको समयमा मलको अभाव खेपरिहेका किसानलाई अझ समस्यामा धकल्ने प्रयास सरकारले गरेको उल्लेख छ ।

महासंघका कर्णाली प्रदेश सचिव धर्मराज ढुंगानाले सरकारको तर्फबाट किसान र कृषि क्षेत्रका लागि दिँदै आएको एकमात्र अनुदान कटौती गर्ने निणर्य असंवेदनशील र गैरजिम्मेवार भएको भन्दै अविलम्ब फिर्ता गर्न माग राखे ।

आफ्ना माग पूरा नभए चरणवद्ध आन्दोलनमा जाने ढुंगानाले चेतावनी दिए। बिहीवार संघले एक विज्ञप्ती जारी विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

सोही बमोजिम शुक्रबार जिल्ल प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो। आफ्ना माग पुरा नभए चरणवद्ध आन्दोलनमा जाने संघको चेतावनी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर