नेपाली क्रिकेट एक तह माथि पुग्यो : चन्द (भिडिओ) – Nepal Press

नेपाली क्रिकेट एक तह माथि पुग्यो : चन्द (भिडिओ)

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट एक तहमाथि पुगेको बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी लिग- २ मा तेस्रो स्थान प्राप्त गर्न सफल राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिन आयोजित कार्यक्रममा अध्यक्ष चन्दले विश्वकप क्वालिफायरमा छनोट भएर नेपाली क्रिकेट एक तह माथि पुगेको बताएका हुन् ।

उनले क्रिकेट संघले गर्नसक्ने क्षमताले मात्रै नेपाली क्रिकेटरको भविष्य सुरक्षित नहुने भन्दै राज्यले यसमा ध्यान दिन जरुरी रहेको औंल्याए ।

अध्यक्ष चन्दले क्रिकेटलाई राज्यले खेलकुद क्षेत्रकै पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।

‘ठूलो प्रतियोगिताको तयारी हामी गर्दैछौं । त्यसका लागि पूर्वाधार छैन । हिजो ३० हजार बढी दर्शक उपस्थित हुनुहुन्थ्यो, लाइटहरु छैन’, उनले भने ।

आगामी दिनमा नेपालले ठूलो प्रतियोगिता खेल्ने भएकाले त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्न उनले सरकारसँग आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *