जापानी प्रधानमन्त्री फुमियोले भारत भ्रमण गर्ने – Nepal Press

जापानी प्रधानमन्त्री फुमियोले भारत भ्रमण गर्ने

टोकियो । जापानका प्रधानमन्त्री किसिदा फुमिओ चार दिन लामो भारत भ्रमणमा जाने भएका छन् । टोकियोस्थित विदेश मन्त्रालयले दिएको जानकारीअनुसार किसिदा मार्च १९ तारिखमा भारत भ्रमण जान लागेका हुन् ।

भ्रमणको क्रममा प्रधानमन्त्री किसिदाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्ने कार्यक्रम तय भएको विदेश मन्त्रालयले उल्लेख गरेको छ । मोदीसँगको भेटका क्रममा अन्तर्राष्ट्रिय समुदायले सामना गरिरहेका विभिन्न महत्त्वपूर्ण मुद्दाहरूमा छलफल हुने बताइएको छ ।

जापान अध्यक्ष रहेको जी-७ र भारत अध्यक्ष रहेको जी-२० का विषयमा पनि फुमिओ र मोदीबीच छलफल हुने बताइएको छ । यसका अतिरिक्त, जापान-भारत विशेष रणनीतिक वैश्विक साझेदारीलाई गहिरो बनाउने र स्वतन्त्र र खुला इन्डो-प्यासिफिकलाई साकार पार्नेबारे विचार आदानप्रदान गर्ने योजना रहेको विदेश मन्त्रालयको सूचनामा उल्लेख छ ।

प्रधानमन्त्री फुमिओ २२ तारिखमा स्वदेश फर्कने कार्यतालिका रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर