उपराष्ट्रपतिको निर्वाचनमा भोट हाल्न मन्त्री आजादलाई एम्बुलेन्समा ल्याइयो (भिडिओ) – Nepal Press

उपराष्ट्रपतिको निर्वाचनमा भोट हाल्न मन्त्री आजादलाई एम्बुलेन्समा ल्याइयो (भिडिओ)

काठमाडौं । उपराष्ट्रपतिको जारी निर्वाचनमा मतदान गराउनका लागि मधेश प्रदेशका राज्यमन्त्री मोहम्मद अब्दुल कलाम आजादलाई एम्बुलेन्समा हालेर संसद भवन ल्याइएको छ । उनले जसपा सांसद हुन् ।

खुट्टामा चोट लागेर काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारारत मन्त्री आजादलाई एम्बुलेन्समा राखेर संसद भवन ल्याइएको हो ।
उनलाई एम्बुलेन्सबाट झारेर स्ट्रेक्चरमा राखेर मतदान स्थल पुर्याएर मतदान गरेपछि एम्बुृलेन्समै अस्पताल फर्काइएको छ ।

उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाबाट रामसहाय यादव र जनमतबाट ममता झा उम्मेदवार छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर