उपराष्ट्रपतिका तीन चुनाव: यस्तो थियो गणित – Nepal Press

उपराष्ट्रपतिका तीन चुनाव: यस्तो थियो गणित

काठमाडौं । आज जारी उपराष्ट्रपति चुनाव नेपाल गणतन्त्रमा पुगेपछि भएको चौथो किस्ता हो । यस अगाडिका तीन उपराष्ट्रपति चुनावको गणित यस्तो थियो –

पहिलो चुनाव

२०६५ साउन ४ गते पहिलो उपराष्ट्रपति चुनावबाट परमानन्द झा विजयी भएका थिए । संविधानसभाका सदस्यहरूबाट भएको चुनावमा झाले ३०५ मत ल्याएका थिए । झालाई कांग्रेस, एमालेदेखि मधेसवादी दलसम्मले समर्थन गरेका थिए । २४३ मत पाएकी प्रमुख प्रतिस्पर्धी माओवादीकी उम्मेदवार शान्ता श्रेष्ठ पराजित भएकी थिइन् ।

दोस्रो चुनाव

दोस्रो उपराष्ट्रपतिको चुनावमा माओवादीका नेता नन्दबहादुर पुन विजयी भएका थिए । उनी संविधान बनिसकेपछिको व्यवस्थापिका-संसदबाट उपराष्ट्रपति चुनिएका थिए । पुनले खसेको ५४७ मध्ये ३२५ मत ल्याएका थिए । प्रतिस्पर्धामा आएका नेपाली कांग्रेसका अमियकुमार यादवले २१२ मत ल्याएका थिए ।

२०७२ कात्तिक १४ गतेको चुनावमा पुन विजयी भएका थिए । उनलाई एमाले, माओवादी, फोरम लोकतान्त्रिकदेखि राप्रपासम्मको समर्थन थियो ।

तेस्रो चुनाव

उपराष्ट्रपतिको तेस्रो चुनाव रोचक भएको थियो । चुनावमा नन्दबहादुर पुन सर्वसम्मत विजयी भएका थिए । नेपाली कांग्रेसले उम्मेदवारी नदिएपछि वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पुन सर्वसम्मत उपराष्ट्रपति भए । २०७४ चैत ४ गते पुन दोस्रोपटक उपराष्ट्रपति भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर