उपराष्ट्रपति चुनाव- प्रधानमन्त्री प्रचण्ड र देउवाले गरे मतदान – Nepal Press

उपराष्ट्रपति चुनाव- प्रधानमन्त्री प्रचण्ड र देउवाले गरे मतदान

काठमाडौं । उपराष्ट्रपति पदको जारी निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले मतदान गरेका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा रहेको मतदान केन्द्रमा पुगेर प्रधानमन्त्री प्रचण्ड र देउवाले मतदान गरेका हुन् । जारी मतदानमा दिउँसो १२ बजेसम्मको मतदानमा ६१० मत खसेको छ ।

उपराष्ट्रपति पदमा एमालेबाट अष्टलक्ष्मी शाक्य, जसपाका रामसहाय यादव र जनमतकी ममता झा उम्मेदवार छन् । यादवलाई सत्ता गठबन्धन दल कांग्रेस, माओवादी, नेकपा एसलगायत दलको समर्थन छ ।

तस्बिरहरु : गौरव पौडेल


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर