फेरी बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ? – Nepal Press

फेरी बढ्यो सुनको मूल्य, कतिमा हुदैँछ कारोबार ?

काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार सुनको मूल्य १ लाख ७ हजार नागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन बिहिबार मात्रै प्रतितोला १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन भने प्रतितोला १ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदी प्रतितोला १ हजार ३ सय १० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *