‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को अडिसन भोलिबाट काठमाडौंमा – Nepal Press

‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को अडिसन भोलिबाट काठमाडौंमा

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस यूनिभर्स र मेरो डान्स यूनिभर्स’को फिल्ड अडिसन यहि चैत्र ४ र ५ गते अर्थात् भोलि र पर्सी काठमाडौंमा हुने भएको छ ।

अडिसन कपुरधारा नवोदित कलेजमा हुने जनाइएको छ । फाउन्डेसनका अनुसार ‘मेरो भ्वाइस यूनिभर्स’का विजेताले एक करोड नेपाली रुपैयाँ पुरस्कार पाउनेछन् भने फस्ट रनरअपले ३० लाख नेपाली रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख नेपलाी रुपैयाँ पुरस्कार पाउनेछन् ।

यस्तै, ‘मेरो डान्स यूनिभर्स’को विजेताले पनि एक करोड रुपैयाँ पुरस्कार प्रदान गरिनेछ भने फस्ट रनरअपले ३० लाख रुपैयाँ र सेकेन्ड रनरअपले २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै डान्स यूनिभर्स’को सँस्कृतिक समूह विधाको विजेताले पनि २० लाख रुपैयाँ पुरस्कार प्रदान गरिनुका सार्थै उक्त विधाका फस्ट रनरअपले १० लाख रुपैयाँ र सेकेन्ड रनरअपले ५ लाख रुपैयाँ पुरस्कार पाउने घोषणा गरिएको छ ।

‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायक मण्डलमा सुरेश अधिकारी, शिव परियार, अन्जु पन्त, सुजाता वर्मा, पुष्पन प्रधान जस्ता वरिष्ठ गायक समावेश रहेको बताइएको छ । त्यस्तै ‘मेरो डान्स यूनिभर्स’को निर्णायक मण्डलमा भने मिथिला शर्मा, दिलीप रायमाझी, शंकर बि.सी, केकी अधिकारी, प्रियंका कार्की, र नरमन राई रहने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर