पेसागत महासंघ भोजपुरमा नयाँ नेतृत्व, योगराज लुइँटेल बने अध्यक्ष – Nepal Press

पेसागत महासंघ भोजपुरमा नयाँ नेतृत्व, योगराज लुइँटेल बने अध्यक्ष

भोजपुर । नेकपा एमालेनिकट पेसागत महासंघ भोजपुरमा नयाँ नेतृत्व चयन भएको छ ।

बिहीबार सम्पन्न चौथो जिल्ला अधिवेशनले योगराज लुइँटेल अध्यक्ष रहेको कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

समितिको उपाध्यक्षमा रुद्रप्रसाद फुयाँल, महिला उपाध्यक्षमा ज्ञानिशा राई, सचिवमा कुमार राई, सहसचिवमा सेवन्तराज दाहाल र कोषाध्यक्षमा गोपाल पराजुली छन् ।

केशवप्रसाद खनाल, ममता राई, रामबहादुर तामाङ, सुजन गुरागाईँ, गंगादेवी प्रधान र कमला प्रधान सदस्यमा चयन भएका छन् ।

धुर्वराज रेग्मीको सभापतित्वमा सम्पन्न अधिवेशन एमाले भोजपुरका अध्यक्ष शरणकुमार राईको प्रमुख र महासंघ स्थायी कमिटी सदस्य खड्गबहादुर पौडेलको विशेष आतिथ्यमा भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर