प्रधानमन्त्री प्रचण्डले नेपाली क्रिकेट टोलीलाई दिए बधाई – Nepal Press

प्रधानमन्त्री प्रचण्डले नेपाली क्रिकेट टोलीलाई दिए बधाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आईसीसी क्रिकेट विश्वकप लिग-२ मा विजयी बन्दै विश्वकप क्वालिफायर खेल्न पाउने बनेकोमा बधाई दिएका छन् ।

आज कीर्तिपुरस्थित क्रिकेट मैदानमा युएईविरुद्धको खेलमा विजयी बनेपछि प्रधानमन्त्री प्रचण्डले नेपाली टीमलाई बधाई दिएका हुन् । लीगमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित प्रधानमन्त्रीले बधाई दिएका हुन् ।

‘आइसिसी क्रिकेट विश्वकप लिग-२ मा युएईलाई हराउँदै नेपाल विश्वकप छनोटमा पुग्न सफल भएकोमा हार्दिक खुसी व्यक्त गर्दछु । लीगका खेलहरुमा उच्च कौशलता प्रदर्शन गर्दै नेपालको स्वाभिमान र गौरव उँचो राख्न सफल भएकोमा उच्च प्रशंसासहित नेपाली क्रिकेट टीम, प्रशिक्षक, क्यानलगायत हामी सबैलाई हार्दिक बधाई’, प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेखेका छन् । प्रधानमन्त्री प्रचण्ड आज क्रिकेट मैदानमा पुगेका थिए ।

आजको खेलमा नेपालले युएईविरुद्ध ९ रनले जित हासिल गरेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *