दबाब झेल्दै आरिफको महत्वपूर्ण अर्धशतक – Nepal Press

दबाब झेल्दै आरिफको महत्वपूर्ण अर्धशतक

काठमाडौं । आईसीसी विश्वकप लिग २ श्रृंखलामा अन्तिम खेलमा यूएईविरुद्ध नेपालकालागि मध्यक्रमका ब्याटर आरिफ सेखले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३ सय ११ रनको विशाल लक्ष्य पछ्याइ रहेको नेपालका लागि आरिफले संयमित इनिङ खेल्दै ६० बलमा २ चौकाको मद्दतमा अर्धशतक पूरा गरे । यो उनको पाँचौं एकदिवसीय अर्धशतक हो ।

नेपालका लागि छैटौं नम्बरमा क्रिजमा आएका आरिफले भीम सार्कीसँग पाँचौं विकेटका लागि ८३ रनको साझेदारि गर्दै संयमित इनिङ खेलेका थिए । भीम ७६ बलमा ६७ रन बनाएर आउट भएका थिए । यसअघि, नेपालले ओपनर कुशल भुर्तेललाई ५० रनमा गुमाउँदा, आसिफ शेख शून्यमा आउट भएका थिए ।

कुशल मल्ल ५ रन र कप्तान रोहित १६ रन बनाएर पभेलियन फर्किएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर