कूटनीतिका विद्यार्थी प्रकाश विष्ट राजनीतिक मैदानमा, विश्वविद्यालय क्याम्पसको सभापति बनेर खोज केन्द्र स्थापना गर्ने योजना – Nepal Press

कूटनीतिका विद्यार्थी प्रकाश विष्ट राजनीतिक मैदानमा, विश्वविद्यालय क्याम्पसको सभापति बनेर खोज केन्द्र स्थापना गर्ने योजना

काठमाडौं । अहिले देशकै जेठो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावी माहोल छाएको छ ।

यही चैत ५ गते त्रिभुवन विश्वविद्यालय क्याम्पस तथा यसका सम्बन्धन प्राप्त र सामुदायिक क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदैछ । विद्यार्थीका हक अधिकार स्थापित गर्न र विद्यार्थी आन्दोलनका मुद्दाहरुलाई संस्थागत गर्ने आश्वासन बोकेर विद्यार्थी नेताहरु यतिबेला विद्यार्थीहरुमाझ पुगिरहेका छन् ।

स्ववियु चुनावी माहोलबीच हामीले नेपाल प्रेसको नियमित कार्यक्रम नेपाल टकमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुबाट त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसका सभापति उम्मेदवार प्रकाश विष्टसँग स्ववियु निर्वाचन, विद्यार्थी आन्दोलनको सार्थकता तथा उपलब्धि, अनेरास्ववियुका एजेण्डा र भावी योजनामा केन्द्रित रहेर कुराकानी गरेका छौं ।

झापाको कचनकवलमा जन्मिएका विष्ट एक दशकदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन् । विश्वविद्यालयमा बौद्धिक विद्यार्थी नेताको छवि बनाउन सफल उनी अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति तथा कानूनका रिसर्चरसमेत हुन् ।

त्रिभुवन विश्वविद्यालय इतिहास केन्द्रीय विभागका छात्र विष्टले थाइल्यान्ड, सिंगापुर, इन्डोनेसिया र फिलिपिन्सलगायतका राष्ट्रहरुमा पुगेर पेपर प्रेजेन्ट गरेका छन् । यसबाहेक नेपाली सेनाले हरेक वर्ष प्रकाशन गर्ने युनिटी जर्नलमा प्रकाशित लेखमार्फत यस वर्ष विष्टले प्रथम पुरस्कारसमेत हात पारेका थिए ।

त्यस्तै पोल्यान्डको एजिया पेसिफिक जर्नलमा उनको ‘ह्वाई डिडन्ट नेपाल ज्वाइन दी इन्डो–पसिफिक स्ट्राटेजी ? ए क्रिटिकल एसेसमेन्ट अफ नेपाल्स फरेन पोलिसी रेस्पोन्सेस टु आईपीएस’ शीर्षकमा उनको लेख प्रकाशित भएको छ ।

केन्द्रीय क्याम्पसमा अनेरास्ववियुको प्यानलमा प्रत्यक्षतर्फ अध्यक्षमा प्रकाश विष्ट, सचिवमा सिद्धान्त भट्ट र कोषाध्यक्षमा जनकराज कार्की उम्मेदवार छन् । त्यस्तै सञ्चमाया सुब्बा, रचना अधिकारी, दिनेशकुमार सिंह, पुरन खरेल, चेतनारायण गिरी, शिखर राई, सिकेन्द्र रोकाया, हिक्मत बुढा सदस्य पदका उम्मेदवार छन् ।

यस्तै समानुपातिकतर्फका उम्मेदवारमा अर्जुन रेग्मी, सुदर्शन गौतम, रामसिंह नायक, विष्णु बस्याल, सुरेन्द्र शाही, प्रज्ज्वल खत्री क्षेत्री, कल्पना खतिवडा, सागर पाण्डे, विकास पटेल, बालकृष्ण ओली, टंकप्रसाद कँडेल, सृष्टि भट्टराई, सफल चापागाईं, दीपकसिंह ठकुरी, विवेक जीसी र संगम थापा मगर रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर