नेपालको खराब सुरुवात, पावर प्लेमा गुमायो महत्वपूर्ण तीन विकेट – Nepal Press

नेपालको खराब सुरुवात, पावर प्लेमा गुमायो महत्वपूर्ण तीन विकेट

काठमाडौं । आईसीसी विश्वकप लिग- २ श्रृंखलाको अन्तिम खेलमा यूएईविरुद्ध नेपालले खराब सुरुवात गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले दिएको ३११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले पावर प्लेको समाप्तिमा तीन महत्वपूर्ण विकेट गुमाउँदै ५२ रन बनाएको छ ।

ओपनर आसिफ शेख पहिलो ओभरको तेस्रो बलमा डकआउट हुँदा कुशल मल्ल १.३ ओभरमा ५ बल खेल्दै ५ रनमा आउट भए ।

नेपाललाई सम्हाल्ने प्रयाससहित तेस्रो नम्बरमा क्रिजमा गएका कप्तान रोहित पौडेल २५ बलमा १६ रन बनाएर क्याचआउट भए ।

यूएईका लागि आर्यन अफजल खानले ५ ओभरमा १७ रन खर्चिएर दुई विकेट लिँदै यूएईलाई उत्कृृष्ट सुरुवात दिलाएका हुन् । जुनाइद सिद्धिकीले २ ओभरमा १ विकेट लिएका छन् ।

एकदिवसीय मान्यता जोगाइसकेको नेपाललाई लिग २ को शीर्ष तीनमा रहेर विश्वकपको ग्लोबल क्वालिफायर खेल्न आजको खेल जित्नैपर्ने दबाब छ । आजको खेलमा जीत वा हारले यूएईलाई भने केही फरक पर्नेछैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर