यूएई विरुद्ध महँगा बने सन्दीप, एक ओभरमै खाए ४ छक्का – Nepal Press

यूएई विरुद्ध महँगा बने सन्दीप, एक ओभरमै खाए ४ छक्का

काठमाडौं । यूएईविरुद्धको निर्णायक खेलमा नेपाली स्टार स्पिनर सन्दीप लामिछानेले महँगो बलिङ गरेका छन् । खेलको ४८ औँ ओभरमा उनलाई यूएईका आसिफ खानले लगातार ४ छक्का प्रहार गरे ।

१० ओभर बलिङ गर्दा सन्दीपले ८० रन खर्चिन पुगेका छन् । उनले यूएईका विस्फोटक ब्याट्सम्यान मुहम्मद वसिमलाई उनले आउट गरेका थिए । तर, त्यसपछि उनको बलिङ चल्न सकेन ।

सन्दीपसँग आज दुई विकेट लिएर विश्वकीर्तिमान रच्ने मौका थियो । त्यसमा उनी एक विकेटले चुके ।

४८ औँ ओभरको दोस्रो, तेस्रो, चौथो र पाँचौं बलमा आसिफबाट सन्दीपले छक्का खाएका हुन् । आज आसिफले नेपाली बलरहरूमाथि आगो ओकलिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर