यूएईलाई डोहोर्‍याउँदै अरविन्द, विकेटकाे खाेजीमा नेपाली बलर – Nepal Press

यूएईलाई डोहोर्‍याउँदै अरविन्द, विकेटकाे खाेजीमा नेपाली बलर

काठमाडौं । विश्वकप लिग २ अन्तरगतको नेपाल र यूएईबीचको खेल निकै प्रतिस्पर्धात्मकरुपमा अघि बढेको छ । युएईले आक्रामक सुरुवात गर्दै नेपाली समर्थकलाई अत्याएको थियो भने अहिले स्पिनरहरुले नेपाललाई खेलमा फर्काएका छन् ।

खतरनाक लयमा देखिएका यूएईका कप्तान मुहम्मद वसिमलाई सन्दीप लामिछानेले आउट गरेसँगै नेपाल खेलमा फर्किएको हो । सन्दीपसँगै अन्य दुई स्पिनर ललितसिंह राजवंशी र दिपेन्द्र सिंह ऐरीले कसिलो बलिंग गरिरहेका छन् । ललित र दिपेन्द्रको नाममा एक–एक विकेट छ भने थप एक ब्याट्सम्यान रन आउट बनेका छन् ।

युएईको इनिङलाई भृत्य अरविन्दले डोहो¥याइरहेका छन् । संयमित ब्याटिङ गरिरहेका उनले नेपाली बलरहरुलाई निराश बनाउँदै अर्धसतक पूरा गरे । यो समाचार लेख्दासम्म यूएईले ३६ ओभरको समाप्तिमा ४ विकेट गुमाएर १६० रन बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर