दोस्रो विकेटका लागि नेपाल संघर्षरत, खतरनाक देखिँदै मुहम्मद वसिम – Nepal Press

दोस्रो विकेटका लागि नेपाल संघर्षरत, खतरनाक देखिँदै मुहम्मद वसिम

काठमाडौं । विश्वकप लिग २ को अन्तिम तथा निर्णायक खेलमा यूएईले नेपाल विरुद्ध प्रभावशाली सुरुवात गरेको छ । यूएईका कप्तान तथा ओपनर मुहम्मद वसिमले आक्रामक ब्याटिङ गर्दै नेपाली दर्शकलाई अत्याइरहेका छन् ।

युएईले २.५ ओभरमा १९ रन बनाएपछि नेपाललाई ललित राजवंशीले पहिलो सफलता दिलाएका थिए । उनको धारिलो बलिङमा यूएईका ओपनर आर्यन लाक्रा बोल्ड भए । तर दोस्रो विकेटका लागि यूएईले बलियो पार्टरसीप गरिरहेको छ ।

मोहम्मद वसिम नेपालका लागि टाउको दुखाई बनेका छन् । हिजो पीएनजीविरुद्ध विस्फोटक शतक बनाएका उनी आज पनि त्यही अन्दाजमा खेलिरहेका छन् ।

नेपालले दुईवटा क्याच मिस गर्नु दुर्भाग्यपूर्ण रह्यो । भृत्य अरविन्द र वसिमको क्याच सोमपाल कामीले छुटाएका हुन् । यद्यपि, दुवै क्याच कठिन थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर