कैलाली जिल्ला कराँते संघ गठन, अध्यक्षमा खत्री – Nepal Press

कैलाली जिल्ला कराँते संघ गठन, अध्यक्षमा खत्री

कैलाली । कैलाली जिल्ला कराँते संघको अध्यक्षमा ललित खत्री चयन भएका छन् । कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्षसमेत रहेका खत्रीको अध्यक्षतामा १५ सदस्यीय कमिटी चयन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा वालकुमार महतो र लाल बहादुर राना, सचिवमा तेज नागरी र कोषाध्यक्षमा वर्षा साउँद चयन भएका छन् ।

त्यस्तै, सदस्यमा बवरजगं शाही, आशाराम चौधरी, खुसीराम चौधरी, अशोक चौधरी, माला कार्की, रमेश थापा मगर, कमल श्रेष्ठ, राजेश चौधरी, रमेश चौधरी, रमेश साउद, टेकराज सोडारी चयन भएका छन् ।

यस्तै, प्रदेश प्रतिनिधिमा गजेन्द्र साउद, मकेन्द्र बहादुर सिह, त्रैलोक्यनाथ पाण्डे, उमा महतोलाई चयन गरेको हो । अध्यक्षमा चयन भएपछि खत्रीले खेलाडीको क्षमता विकास र खेलाडीको हकहितमा काम गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर