मन्त्री र उच्चपदस्थ कर्मचारीले अत्यावश्यकबाहेक वैदेशिक भ्रमण गर्न नपाउने, यस्ता छन् सरकारका निर्णयहरु – Nepal Press

मन्त्री र उच्चपदस्थ कर्मचारीले अत्यावश्यकबाहेक वैदेशिक भ्रमण गर्न नपाउने, यस्ता छन् सरकारका निर्णयहरु

काठमाडौं । अबदेखि नेपाल सरकारका मन्त्री र अन्य उच्च पदस्थ कर्मचारीले अति आवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण गर्न नपाउने भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिष्द बैठकले यस्तो निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइन् ।

बैठकले पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयन गर्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्व्मा कार्यान्व्यन सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ । त्यस्तै, बैठकले दूधकाे मुल्य बढाएर प्रतिलिटर ६५ रूपैयाँ कायम गर्ने पनि निर्णय गरेकाे छ ।

यती एयरलाईन्सको एटीआर-७२, नाईन एन-एएनसी विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप गर्ने निर्णय गरेको छ । बैठकले नेपाली सेनका महासेनानी पदमा एक जनालाई र सहायक रथी पदमा एकजना गरेर दुईजनाको बढुवा तथा पदस्थापन गर्ने निर्णय गरेको उनका अनुसार बैठकले नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरुपता कायम गर्ने निर्णय पनि भएको छ ।

सञ्चारमन्त्री शर्माले फागुन फागुन १९ र २५ र ३० गते बसेको मन्त्रिपरिषद्का ३ वटा बैठकका निर्णय वुधबार एकैदिन सार्वजनिक गरेकी हुन् ।

यस्ता छन् ३ वटा बैठकले गरेका निर्णयहरुः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर