२४ वटा नारासहित चुनावी मिसनमा अनेरास्ववियू, यस्ता छन् १७ प्रतिबद्धता (पूर्णपाठ) – Nepal Press

२४ वटा नारासहित चुनावी मिसनमा अनेरास्ववियू, यस्ता छन् १७ प्रतिबद्धता (पूर्णपाठ)

विश्वविद्यालय सुधारका लागि अनेरास्ववियूका २२ बुँदे शैक्षिक एजेण्डा

काठमाडौं । नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियूले स्ववियु चुनावलक्षित घोषणापत्र सार्वजनिक गरेको छ । संगठनको अनामनगरस्थित कार्यालयमा आयोजित एक कार्यक्रममा अनेरास्ववियूका केन्द्रीय अध्यक्ष सुदेश पराजुलीलगायतका नेताले घोषणापत्र सार्वजनिक गरेका छन् ।

अनेरास्ववियू ‘मिसन स्ववियु, भिजन २४’ को नारा लिएर चुनावमा होमिएको अध्यक्ष पराजुलीले बताए । अनेरास्ववियूले विश्वविद्यालय सुधारका लागि २२ बुँदे शैक्षिक एजेण्डालाई घोषणापत्रमार्फत् अघि सारेको छ ।

सो संगठनले राज्यको कूल बजेटको कम्तीमा २० प्रतिशत बजेट शिक्षामा लगानी गर्नुपर्ने, समयसापेक्ष शैक्षिक क्यालेन्डर बनाई अनिवार्य कार्यान्वयन गरिनुपर्ने, निजी शैक्षिक संस्थालाई सम्बन्धन दिन बन्द गर्नुपर्नेजस्ता एजेण्डा अघि सारेको छ । विद्यार्थीलाई रासन कार्ड, उच्च शिक्षा अध्ययनका लागि विना धितो र विना व्याज कर्जा, मेडिकल शिक्षा सर्वसुलभ र सहज हुनुपर्नेजस्ता माग पनि अनेरास्ववियूले उठाएको छ ।

अनेरास्ववियूले १७ बुँदे प्रतिबद्धता अघि सारेको छ । आफ्नो संगठनलाई जिताइए स्ववियुलाई साझा संस्था बनाइने, विश्व विद्यालय र क्याम्पसमा राजनीतिक भागबन्डाको अन्त्य गर्ने, ट्रान्सक्रिप्ट र माइग्रेसनलगायतका प्रमाणपत्र सम्बन्धित क्याम्पसबाटै दिलाइनेलगायतका प्रतिबद्धता सो संगठनको छ ।

आगामी २ वर्षका लागि अनेरास्ववियूले २४ वटा नारा अघि सारेको छ । जसमा शिक्षामा सबैको अधिकार- धनी-गरिब बराबर, समाजवादी शिक्षा-समयमै परीक्षा, शैक्षिक संस्थामा नोलाइन-सबै काम गरौं अनलाइन, शिक्षामा छोरी बुहारी-राज्यको प्रमुख जिम्मेवारी, अन्त्य गर्छौं निजीकरणको आधार-बन्द गरौं शिक्षामा व्यापारलगायतका छन् ।

हेर्नुस् अनेरास्ववियूको स्ववियु चुनावलक्षित घोषणापत्रको पूर्णपाठ :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर