राष्ट्रपति कार्यालयको वेबसाइटमा पौडेलको तस्बिर फेरियो, दुवै गालाको कोठी फिर्ता ! – Nepal Press

राष्ट्रपति कार्यालयको वेबसाइटमा पौडेलको तस्बिर फेरियो, दुवै गालाको कोठी फिर्ता !

काठमाडौं । राष्ट्रपति कार्यालयको वेबसाइटमा प्रयोग गरिएको नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको तस्बिर फेरिएको छ । पौडेलको तस्बिरलाई फोटोसपबाट सम्पादन गरेर वेबसाइटमा राखिएपछि तीव्र आलोचना भएको थियो ।

तीन दिनअघि राखिएको तस्बिर आज फेरिएको हो । अहिलेको तस्बिरमा पौडेललाई वास्तविक रूपमा देख्न सकिन्छ । यसअघिको तस्बिरमा पौडेलको दुवै गालामा रहेका कोठी हटाइएको थियो भने चाउरी पनि मेटेर अनुहार चिल्लो पारिएको थियो । साथै पौडेललाई वास्तविकभन्दा धेरै गोरो देखाइएको थियो ।

राष्ट्रपतिको तस्बिर प्रधानमन्त्रीको कार्यालयदेखि विभिन्न सरकारी कार्यालयहरूमा समेत झुण्ड्याउने प्रचलन बसाइएको छ । यसअघि राष्ट्रपति विद्या भण्डारीको तस्बिर यत्रतत्र टाँग्ने गरिएका थिए भने अब उनको स्थान पौडेलले लिनेछन् ।

यो पनि पढ्नुहोस् :- राष्ट्रपति पौडेलको फोटोमा कसले किन गर्‍यो सम्पादन ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर