सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको एकिकृत कारोबार सुरु – Nepal Press

सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्सको एकिकृत कारोबार सुरु

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी एकआपसमा मर्जरपछिको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको एकिकृत कारोवार शुरु भएको छ । कम्पनीले सञ्चालक समितिको गठन समेत टुङ्गो लगाएको छ ।

मंगलबार बसेको सञ्चालक समितिको पहिलो बैठकले दुबै कम्पनीको तर्फबाट ३/३ जना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन गरेको बताएको छ ।

बैठकले सगरमाथा इन्स्योरेन्सका तर्फबाट अजिथ आर गुणवर्द्धने, सिद्धार्थ मणि राजभण्डारी, गजेन्द्र लाल श्रेष्ठ र लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट मनोहर दास मुल, अरुण राज श्रेष्ठ, कमल भटृराई गरि ६ जनाको सञ्चालक समितिको गठन गरिएको जनाइएको छ ।

त्यसै गरी बैठकले लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका अध्यक्ष मनोहर दास मुललाई कम्पनीको अध्यक्ष पदमा नियुक्त समेत गरिएको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर