राजस्व संकलनमा धक्का, सवा एक खर्ब गुम्यो सरकारको आम्दानी – Nepal Press

राजस्व संकलनमा धक्का, सवा एक खर्ब गुम्यो सरकारको आम्दानी

काठमाडौ । चालू आर्थिक वर्षको ८ महिना (फागुन मसान्त) सम्म सरकारले ५ खर्ब २ अर्ब ७७ करोड १५ लाख रूपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्यको ४१.५३ प्रतिशत हो । सरकारले यस अवधिमा अनुदान र अन्य प्राप्ति समेत गरी ६ खर्ब २२ अर्ब ७ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ ।

गत वर्षको यसै अवधिमा ६ खर्ब ८४ अर्ब ६९ करोड ९४ लाख रूपैयाँ राजस्व संकलन भएको थियो । त्यतिबेला सरकारले लक्ष्यको ५८ प्रतिशत राजस्व संकलन गरेको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । अनुदान र अन्य प्राप्ति समेत गरी ७ खर्ब ३६ अर्ब ६२ करोड ८८ लाख रूपैयाँ सरकारको आम्दानी भएको थियो ।

गत बर्षको तुलनमा यो वर्षको ८ महिनामा सरकारको १ खर्ब १३ अर्ब ८४ करोड रूपैयाँ कम आम्दानी भएको छ ।

पछिल्लो समय राजस्व संकलन प्रभावित हुँदा सरकारले खर्च समेत प्रभावकारी रूपमा गर्न पाएको छैन ।

चालू खर्च भने वर्षेनि बढ्दै गएको छ । यो ८ महिनासम्म चालू खर्च ७ खर्ब ७९ अर्ब रूपैयाँभन्दा बढी भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *