छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु – Nepal Press

छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

हेटौँडा । मकवानपुरको छुट्टाछुट्टै स्थानमा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर–१२ खोरभञ्ज्याङ् स्थित भित्र कच्ची सडक खण्डमा शिवम् सिमेन्ट उद्योगको चक्ति ढुङ्गा खानिमा टिपर दुर्घटना हुँदा मकवानपुरगढी –२ का २८ वर्षीय चन्द्र योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

ना ८ ख ५३३५ नम्बरको टिपर आफै अनियन्त्रित भई सडकबाट जङ्गलको खोल्सामा खसेर दुर्घटना हुँदा योञ्जनको मृत्यु भएको हो ।

यसैगरी हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्यातङ स्थित पूर्व–पश्चिम सडक खण्डमा नवलपुरतर्फबाट हेटौडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ च ६९४३ नम्बरको गाडीले पैदल यात्रीलाई ठक्कर दिँदा नाम थर नखुलेको एक जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

३५–४० वर्ष उमेरकी मंगोलीयन अनुहारको महिलाको मृत्यु भएको प्रहरीको भनाई रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *