कांग्रेसको झण्डा टाँसेर पोखराको क्याम्पसमा तालाबन्दी – Nepal Press

कांग्रेसको झण्डा टाँसेर पोखराको क्याम्पसमा तालाबन्दी

पोखरा । नेपाली कांग्रेसनिकट विद्यार्थी संघ (नेविसंघ) ले पोखराको पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लुआरसी) प्रशासनमा झण्डा टाँसेर तालाबन्दी गरेको छ । नेविसंघ क्याम्पस इकाई कार्यसमितिका ३ उपसभापतिसहितका कार्यसमितिले मंगलबार क्याम्पसमा तालाबन्दी गरेका हुन् ।

सोही समूहले सोमबार क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेका थिए । क्याम्पसले एकलौटी गरेको आरोप लगाउदै तालाबन्दी गरेका हुन् ।

उक्त समूहले स्ववियु निर्वाचनका लागि मनोनयन दर्ता समयमा क्याम्पसको इकाई बैठकविना बाहिरी व्यक्तिहरूको अनधिकृतरूपमा प्रवेश गरेको भन्दै क्याम्पस इकाई कमिटीका उपसभापति सन्देश पोखरेल, सुमन भट्टराई, सचिन अर्यालसहित १४ जनाले राजीनामा दिएका थिए । सोही समूहले नेविसंघबाट उम्मेदवार बनेका १६ जनाको नाम फिर्ता लिएका थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर