मलमा अनुदान कटौतीपछि भीम रावलको प्रश्न- सरकार जनताको होइन ? – Nepal Press

मलमा अनुदान कटौतीपछि भीम रावलको प्रश्न- सरकार जनताको होइन ?

काठमाडौं । सरकारले रासायनिक मलमा दिने अनुदान कटौती गरेकोप्रति नेकपा एमालेका नेता भीम रावलले असन्तुष्टि जनाएका छन्।

सरकारको निर्णयले कृषकलाई आहत पुगेको भन्दै उनले सरकार जनताको होइन ? भनेर प्रश्न गरेका छन्।

‘पूँजीवादी भनिने देशहरूले पनि कृषिलाई संरक्षण गरेको देखिन्छ’ उनले ट्टिटरमा लेखेका छन्, ‘नेपाल सरकारले मलमा दिने अनुदान कटौती गर्ने, भारतीय फलफूल तरकारीमा विषादी परीक्षण नगर्ने र नेपाली किसानको तरकारी, माछा र केराले बजार नपाउने, चिया, अलैँची र अदुवा निर्बाध भारत निर्यात गर्न नपाइने के नीति हो ? सरकार जनताको होइन ?’

सरकारले मलको अनुदान घटाएपछि कृषकले यसअघि खरिद गर्दै आएको मूल्य पनि बढ्ने भएको छ।

अनुदान कटौतीपछि आयात बिन्दुमा युरिया प्रतिकिलो २५, डीएपी प्रतिकिलो ५० र पोटास प्रतिकिलो ४० मा बिक्री वितरण हुनेछ।

यसअघि आयात बिन्दुमा युरिया प्रतिकिलो १४, डीएपी प्रतिकिलो ४३ र पोटास प्रतिकिलो ३१ मा बिक्री वितरण भइरहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर