राष्ट्रपतिमा पराजित सुवास नेम्वाङ एमाले संसदीय दलको उपनेता चयन – Nepal Press

राष्ट्रपतिमा पराजित सुवास नेम्वाङ एमाले संसदीय दलको उपनेता चयन

काठमाडौं । भर्खरै सम्पन्न राष्ट्रपतिकाे निर्वाचनमा पराजित नेकपा (एमाले)का उपाध्यक्ष सुवाचन्द्र नेम्वाङ प्रतिनिधि सभा संसदीय दलको उपनेता चयन भएका छन् ।

पार्टी अध्यक्षसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई उपनेता चयन गरेका हुन् । नेम्वाङ यसअघि पनि  दलको उपनेताको जिम्मेवारीमा थिए ।

यसअघि आइतबार एमाले प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौला नियुक्त भइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर